धादिङमा पृथ्वी राजमार्गको सवारी आवागमन पूर्णरूपमा बन्द
61 पटक पढिएको
धादिङ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङमा पृथ्वी राजमार्गको सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म जिल्लाअन्तर्गत पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार बाढीका कारण रसुवा र नुवाकोटसँगै धादिङको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत क्षति पुगेको छ। बाढीबाट थप क्षति हुनसक्ने सम्भावना रहेकाले सडकमा यात्रा गर्दा सर्वसाधारणको ज्यान जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।
प्रमुख जिल्ला अधिकारी पाण्डेयले आम सर्वसाधारणको जीउज्यानको सुरक्षालाई प्राथमिकतामा राख्दै तत्कालका लागि राजमार्गमा आवागमन रोकिएको जानकारी दिइन्। बाढीको अवस्था र सडकको जोखिम मूल्याङ्कनपछि मात्रै राजमार्ग सञ्चालनबारे थप निर्णय गरिने प्रशासनले जनाएको छ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवादेखि नुवाकोट हुँदै धादिङसम्म त्रिशूली नदीको बहावसमेत बढेको छ। नदी आसपासका बस्ती, बजार, सडक तथा अन्य भौतिक संरचनामा जोखिम बढेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
पृथ्वी राजमार्ग बन्द भएपछि उक्त सडक हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। प्रशासनले अर्को सूचना जारी नभएसम्म बन्द गरिएको सडकमा अनावश्यक यात्रा नगर्न तथा जोखिमयुक्त नदी किनार र सडक क्षेत्रबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।








Downloading the app was the best decision. It is much faster than the browser version and the lag is gone. Get the 389winappapk