सिक्रेखोलामा सुख्खा पहिरो: खानीखोला प्रहरीको सक्रियतामा त्रिभुवन राजपथ खुल्यो

52 पटक पढिएको

२४ भाद्र २०८३, बुधबार ०९:२४ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको धुनिबेशी नगरपालिका–९ स्थित सिक्रेखोलामा त्रिभुवन राजपथमा रुखसहितको सुख्खा पहिरो खसेको छ।

बिहीबार बिहान करिब ३ बजे सडक माथिबाट रुखहरूसहित सुख्खा पहिरो खसेपछि त्रिभुवन राजपथ केही समयका लागि पूर्ण रूपमा अवरुद्ध बनेको थियो।

घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय खानीखोला, धादिङबाट खटिएको प्रहरी टोलीले सक्रियताका साथ अवरोध हटाएको हो। प्रहरी टोलीले सडकमा ढलेका रुखहरू काटेर पन्छाउनुका साथै पहिरो सोरेर फालेपछि अहिले त्रिभुवन राजपथमा सवारी आवागमन दुवैतर्फी रूपमा सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ।