फुर्केखोला पुल बगाएपछि ठप्प धादिङ–काठमाडौँ यातायात आजदेखि वैकल्पिक मार्गबाट सञ्चालनमा

188 पटक पढिएको

२५ भाद्र २०८३, बिहीबार ०७:२३ सम्पादक: धादिङ न्यूज

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे मार्गस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि गत भदौ १० गतेदेखि ठप्प रहेको यातायात सेवा आज वैकल्पिक मार्गबाट पुनः सञ्चालनमा आएको छ।

बाढीले फुर्केखोलाको पुल पूर्ण रूपमा ‘वास आउट’ गरी बगाएपछि धादिङ सदरमुकामसँगको सीधा सडक सम्पर्क विच्छेद भएको थियो। यसबाट सदरमुकाम धादिङबेसीसहित उत्तरी र मध्य धादिङका आठवटा स्थानीय तह र गोरखाका केही भागमा विगत १५ दिनदेखि यातायात तथा खाद्यान्न ढुवानी पूर्ण रूपमा प्रभावित बन्न पुगेको थियो।

लामो समयको अवरोधपछि सर्वसाधारणको आवतजावत सहज बनाउन जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो। संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपाल र सडक डिभिजन कार्यालय नुवाकोटका प्राविधिक टोलीको पहलमा मेसिनहरू प्रयोग गरी सडकको मर्मत तथा स्तरोन्नति गरिएको हो।

धादिङ मण्डली यातायात प्रा.लि.का व्यवस्थापक जय भट्ट (सिताराम) का अनुसार मासटार (पृथ्वी राजमार्ग) बाट त्रिशूली पुल पार गर्दै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसीसम्मको वैकल्पिक रुट तयार पारिएको छ। आजदेखि यही रुटमार्फत धादिङबेसीबाट काठमाडौँ र काठमाडौँबाट धादिङबेसी तथा जिल्लाका ग्रामीण भेगसम्म यात्रुवाहक बस, हाइस, जिप र साना मालवाहक सवारी साधनहरू चल्न सुरु गरेका छन्।

क्षतिग्रस्त स्थानमा लेदो हटाउने, ग्राभेल राख्ने र खोल्सी तथा पानी बग्ने स्थानमा ढुंगा मिलाएर अस्थायी रूपमा बाटो सञ्चालनयोग्य बनाइएको छ। सडकको केही भागमा स्तरोन्नतिको काम अझै जारी रहेको र बाटो साँघुरो तथा हिलोयुक्त रहेकाले ठूला मालवाहक सवारी साधनहरू सञ्चालनमा आउन भने अझै केही दिन लाग्नेछ।

वैकल्पिक मार्ग पूर्ण रूपमा सहज भइनसकेको अवस्थालाई मध्यनजर गर्दै चालकहरूलाई सवारीसाधनको अवस्था राम्ररी जाँच गरेर उच्च सतर्कताका साथ चलाउन र यात्रुहरूलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।


Simple, clean, and effective. I don’t like cluttered websites and this one gets straight to the point. g9999 is perfect for players who hate unnecessary noise.