स्वयम्भूबाट मोटरसाइकल चोरी गरेको आरोपमा गजुरी ८ का आयुष सहित दुई जना पक्राउ दुई जना पक्राउ

49 पटक पढिएको

२८ भाद्र २०८३, आईतवार २०:४२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१५, स्वयम्भू भगवानपाउबाट मोटरसाइकल चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ बेलकुने घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने २२ वर्षीय आयुष तामाङ भनिने उनबहादुर स्याङतान र मकवानपुरको कैलाश गाउँपालिका–१ चामाखर्क घर भई तारकेश्वर नगरपालिका–७ फुटुङ बस्ने २३ वर्षीय विपेश तामाङ भनिने दिपेश मुक्तान रहेका छन्।

प्रहरीले उनीहरूका साथबाट प्रदेश १–०५–००१ प ९५५६ र बागमती प्रदेश ०२–०३५ प ५२११ नम्बरका दुई मोटरसाइकल, टी आकारको मास्टर की एक थान, मोबाइल दुई थान तथा चोरी गर्दाका बखत लगाएको कपडा बरामद गरेको जनाएको छ।

उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।