शान्ति नेपालको २४औँ वार्षिक साधारण सभा सम्पन्न

24 पटक पढिएको

१८ आश्विन २०८३, आईतवार २०:४७ सम्पादक: धादिङ न्यूज

ललितपुर – शान्ति नेपालले आफ्नो २४औँ वार्षिक साधारण सभा विभिन्न, उपलब्धि, आर्थिक अवस्था, आगामी कार्ययोजना तथा संस्थागत नीतिहरूको समीक्षा र छलफल गर्दै सम्पन्न गरेको छ।

संस्थाको कार्यकारी बोर्डकी अध्यक्ष  विद्या लक्ष्मी मालाकारको अध्यक्षतामा भएको उक्त सभामा कार्यसमिति सदस्य  कृष्ण परियारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भमा संस्थाका उपाध्यक्ष  मणिराज श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने लेखापरीक्षक  मिलन बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सभामा बोर्ड सचिवको अनुपस्थितिमा संस्थाका कार्यकारी निर्देशक  पी.आर. शर्माले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, संस्थाका कोषाध्यक्ष  निरज श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गर्दै सभाले संस्थाको विगतको प्रगति, उपलब्धि तथा आगामी प्राथमिकताहरूका विषयमा विस्तृत समीक्षा गरेको थियो।

साधारण सभाका अवसरमा संस्थाका मानव संसाधन , वित्त तथा खरिदसम्बन्धी नीतिहरूमा आवश्यक संशोधनका विषयमा छलफल गरी प्रस्तावहरूसमेत अनुमोदन गरिएको छ। साथै, आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा बजेट कार्यकारी निर्देशकज्यूबाट प्रस्तुत गरी सभामा साझा गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सल्लाहकार बोर्डको तर्फबाट डा. सुरेश कुमार श्रेष्ठले आफ्ना धारणा तथा सुझावहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमका अध्यक्ष विद्या लक्ष्मी मलाकारले समापन मन्तव्य राख्दै २४औँ वार्षिक साधारण सभाको औपचारिक समापन गर्नुभएको थियो।