नेपाली काङ्ग्रेस केन्द्रीय समितिमा धादिङका तीन नेता निर्वाचित
23 पटक पढिएको
काठमाडौँ । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा धादिङका नेता कृष्ण रिजाल खुलातर्फबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्। २ हजार ३ सय ४२ मत प्राप्त गर्दै रिजाल खुला ४५ जनाको सूचीमा ४३ औँ स्थानमा निर्वाचित भएका हुन्। उनी गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ क्षेत्र नं. १ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार बनेका थिए।
यस्तै महिलातर्फबाट धादिङकै सांसद उर्मिला थपलिया (सीता) र लोक गायिका रिता थापा मगर पनि केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।
यसैबीच, धादिङबाटै खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका भीमप्रसाद ढुङ्गाना, मधुकुमार श्रेष्ठ र राधाकृष्ण भण्डारी भने पराजित भएका छन्।
त्यस्तै सहमहामन्त्री पदमा विभिन्न क्लस्टरबाट चुनावी मैदानमा उत्रिएका पूर्वकेन्द्रीय सदस्यद्वय दिलमान पाख्रिन, रमेश धमला र बाबुकृष्ण सापकोटा पराजित भएका छन्। सहमहामन्त्रीका उम्मेदवार धमला गत प्रतिनिधि सभा निर्वाचनमा धादिङ क्षेत्र नं. २ बाट नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए।
खुला केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत ल्याई चिरी बाबु महर्जन पहिलो स्थानमा निर्वाचित भएका छन् भने निश्कल राई, ईन्द्रबहादुर बानियाँ, प्रा.डा. गोविन्दराज पोखरेल, ई. मोहन आचार्य, जितनारायण श्रेष्ठ, प्रवल थापा, गणेश लामा, राजिव कोइराला, हिमाल दत्त श्रेष्ठ, डा. शोभाकर पराजुली, बिद्वान गुरुङ, अर्जुन प्रसाद जोशी, ई. अमृत ज्ञवाली, ई. नवराज त्रिपाठी, सन्दीप राना, भरत कुमार शाह, नरेन्द्र कुमार केरुङ, मिन कृष्ण महर्जन, बलदेव तिमल्सिना, महेश खरेल, जन्मजय तिमिल्सिना, युवराज पाण्डेय, कुमार लुइटेल, ई. ऋषि कोइराला, ई. दिपक बाबु कँडेल, उज्जवल प्रसाद बराल, किरण के.सी, दिपक भट्टराई, महेन्द्र कुमार शर्मा, डा. सुरज राज काफ्ले, डा. मुकेशराज काफ्ले, मदन कृष्ण श्रेष्ठ, प्रमोदहरि गुरागाई, लेखनाथ पोख्रेल, किरण किशोर घिमिरे, रवि सिंह, डा. कृष्ण प्रसाद पौडेल, तिलक बहादुर रानाभाट, प्रदिप कुमार सुनुवार, प्रकाश सिंह कार्की, डा. मुक्तिराम श्रेष्ठ, कृष्ण रिजाल, निलकण्ठ रिजाल र सुधान्सु कोइराला गरी ४५ जना निर्वाचित भएका छन्।







