२४ घण्टामा देशभर सवारी दुर्घटनामा १२ को मृत्यु, १६२ जना घाइते

8 पटक पढिएको

११ कार्तिक २०८३, मंगलवार १६:२० सम्पादक: धादिङ न्यूज

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १६२ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ७ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा २ तथा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १६२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २१ जना घाइते भएका छन् भने कोशीमा ४९ जना, काठमाडौँ उपत्यकामा १२ जना, सुदूरपश्चिममा ९ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा ४१ जना, कर्णालीमा १२ जना र गण्डकीमा १२ जना घाइते भएका छन् ।