आज गाईको पूजा गरी तिहार मनाइँदै

24 पटक पढिएको

२४ कार्तिक २०८३, सोमबार ०७:१९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । तिहार अन्तर्गत आज गाईको पूजाआजा गरी मनाइँदैछ ।

नेपालमा गाईलाई पवित्र मानी पूजा गर्ने हाम्रो  वैदिक सनातन कालदेखिको परम्परा हो । आजका दिन गाईको पूजा गरी  मीठा परिकार खान दिने गरिन्छ । आफ्नो गरमा गाईपालेका हरुले घरमै पुजा गर्ने गर्छन् भने गाई नपालेकाहरुले गौशाला पालिएका  गाईको पुजा गर्ने गर्दछन् ।

गाईको दूध आमाको  दूध जत्तिकै पौष्टिक हुन्छ भनिन्छ। गाईलाई गौमाता भनेर  सम्मान गरिन्छ । गाईको दुध मात्र होइन  गौमुत्र  ,गोबर लगाएत पनि पंचागब्य बनाउनका लागि  प्रयोग गरिन्छ । कुनै धार्मिक कार्य गर्न  वा पुजा गर्न गाइको गोबर ,गौमुत्र  ,दुध तथा घिउको आवस्यक पर्छ। । गाईको घिउ पुजा आजामा मात्र होइन औसधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।