नुवाकोटमा मोटरसाइकल दुर्घटना: धादिङका बुद्धिमान तामाङसहित ३ जनाको मृत्यु
492 पटक पढिएको
धादिङ, २३ कात्तिक — नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी धादिङका एक पुरुषसहित ३ जनाको दुःखद निधन भएको छ।
मंगलबार बिहान करिब १०:५५ बजे बा ९९ प ८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोटको विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ रहेका छन्। यस्तै दुर्घटनामा नुवाकोटको विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापामगर र सोही स्थान बस्ने २७ वर्षीया सुनिता थापामगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा निधन भएको हो। तीव्र गति वा अनियन्त्रित भएर मोटरसाइकल सडकबाट तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







