आज प्रधानमन्त्री बन्न लागेका कोइराला यस्ता छन

480 पटक पढिएको

सम्पादक: Dhadingnews.com

आज प्रधानमन्त्री बन्न लागेका कोइराला यस्ता छन
 

काठमाडौं, माघ २७ ।  विगतमा संसद सदस्य रहे पनि मन्त्रिपरिषदमा कहिल्यै नपुगेका ७५ बर्र्षीय सुशील कोइराला गणतन्त्र नेपालको पांचौ प्रधानमन्त्री हुने पक्का भएको छ । विक्रम संवत् १९९६ सालमा बुवा बोधप्रसाद र आमा कुमुदिनीको पुत्रका रुपमा जन्मनु भएका कोइराला २०११ सालदेखि निरन्तर रुपमा नेपाली राजनीतिमा सक्रिय छन् ।

२०१७ सालमा प्रजातन्त्र समाप्त गरी पंचायती ब्यवस्था लादिएपछि उनले १६ बर्षसम्म भारतमा निर्वाशित जीवन विताएका थिए । ३० बर्षदेखि लगातार नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहँदै आएका उनी पार्टीको महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुंदै हाल सभापतिको जिम्मेवारी सम्हालीरहेका छन् ।

प्रजातन्त्रको पक्षमा निरन्तर लागिरहेका सुशील कोइराला बीपी कोइराला र उनीपछि गिरिजाप्रसाद कोइरालाको अनुयायी मानिन्छन् । उनी हालैको संविधानसभा निर्वाचनमा बांके क्षेत्र नम्बर ३ र चितवन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् । भ्रष्टाचार र आर्थिक अनियमितताको प्रखर विराधी नेताको रुपमा समेत परिचित कोइरालाको जीवनशैली पनि सामान्य छ ।

उनी अविवाहित छन्  । गिरिजाप्रसाद कोइरालाको विरासत सम्हाल्नु अघिसम्म सामान्य कोठामा जीवन गुजारा गरिरहेका कोइराला  सरकारको नेतृत्व गरेसँगै अब उनले गठन गर्ने मन्त्रीपरिषदका सदस्यहरुको अनुहार र सरकारले खेल्ने भूमिकाले उनको अहिले सम्मको निष्कलंक छविको पनि परीक्षण हुने भएको छ ।

इमेज च्यानल डट कम बाट