मौन अवधिमा आर्थिक चलखेल हुने रवि लामिछानेको आशंका

372 पटक पढिएको

१२ बैशाख २०८१, बुधबार १६:२८ सम्पादक: धादिङ न्यूज

काठमाडौं। गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल हुने आशंका व्यक्त गर्नुभएको छ। इलाममा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मौन अवधिलाई मनी अवधि नबनाउन अन्य दलहरुलाई चेतावनी दिनुभएको हो।

रास्वपाका सभापति समेत रहनुभएका लामिछानेले सम्बोधनमा भन्नुभयो,‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको प्रयोग नगरोस् ।’

उहाँले निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गर्दै आचारसंहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने चेतावनी दिनुभयो। चुनावको बेला पैसा बाँड्न हिडेकालाई नियन्त्रणमा लिने सुरक्षाकर्मीकोे पनि उच्च मूल्यांकन हुने उहाँले बताउनुभयो।

आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ।