मलेसिया जेलमा अलपत्र ३५ नेपालीको उद्दार

576 पटक पढिएको

सम्पादक: Dhadingnews.com

malesia

क्वालालम्पुर, असार ९ – मलेसियामा विभिन्न अभियोगमा जेलसजाय भोगीसकेका ३५ जना नेपालीको उद्दार गरिएको छ । विभिन्न जेलमा सजाय भुक्तान गरिसकेर घर फर्किन कुरेर बसेकाहरुलाई नेपाल वायु सेवा निगमको उडानमार्फत शनिबार स्वदेश फर्काइएको दुतावासले जनाएको छ । उनीहरु हवाई टिकटको अभावमा लामोसमयदेखि फिर्ती केन्द्रमा रहेका थिए ।

दुतावासले शनिबार एक विज्ञप्ती जारी गर्दै जेलमा रहेका नेपालीको उद्दारका लागि बैदेशिक रोजगार प्रबर्द्धन बोर्डबाट २० लाख रुपैंया प्राप्त भएपछि मलक्कास्थित फिर्ती केन्द्रमा रहेका ती नेपालीहरुको उद्दार गरिएको जनाएको छ । त्यस्तै, अर्को फिर्ती केन्द -लेङ्गिङ क्याम्प) बाट ३५ जनालाई यही जुन २९ मा फर्काइने पनि उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । दुतावासले यसकार्यमा सघाउने सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई धन्यवादसमेत व्यक्त गरेको छ ।

उक्त रकमले फिर्ती केन्द्रहरुमा रहेकामध्ये आर्थिक अभावमा परेका, विरामी तथा महिला नेपालीलाई प्राथमिकतामा राखी १ सय ३५ जना पठाउन सकिने दुतावासका एक अधिकारीले जानकारी दिए । सरकारले रकम उपलब्ध गराएर यहाँका घरफिर्ति केन्द्रहरुबाट धेरै संख्यामा नेपालीको उद्दार गरेको यो पहिलोपटक हो इ कान्तिपुर डट कमले खबर लेखेको छ ।