ढुंगाखानीमा ढुंगा सकियो, मजदुरको पेशा संकटमा  

685 पटक पढिएको

सम्पादक: Dhadingnews.com

dhunga-finalधादिङ, – ग्रामीण समुदायका मानिसले घर छाउन प्रयोग गर्ने छाउनी ढुंगाखानी अहिले संकटमा परेको छ । धादिङको लापा गाउँ विकास समिति वडा नम्बर २ दुङ्दुङ् डाँडामा रहेको ढुंगाखानीमा ढुंगा सकिन थालेपछि त्यस खानीमा काम गर्ने मजदुरको पेशा संकटमा परेको हो ।

परम्परादेखि नै खानीमा ढुंगा काटेर जीविको चलाउँदै आएपनि अहिले खानीबाट ढुंगा निकाल्न कठिनभएको मजदुरहरु बताउँछन् । गाउँमा ढुंगाको माग प्रशस्त भएपनि पहरा काटेर ढुंगा निकाल्न नसक्दा यस पेशाबाट परिवार चलाउन गाह्रो हुन थालेको मजदुर लालबहादुर लामाले बताए ।

पहराबाट ढुंगा निकालेपछि त्यसलाई काटेर विभिन्न आकारमा तयार पारिएको छाउनी ढुंगा उनीहरुले प्रतिगोटा ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए इमेज खबर डट कमले खबर लेखेको छ ।