मर्यादित र सभ्य भएर होली मनाउन जिल्ला प्रशासन धादिङको अनुरोध

587 पटक पढिएको

२८ फाल्गुन २०८१, बुधबार १६:५६ सम्पादक: धादिङ न्यूज

धादिङ,२८ फागुन २०८१ ।  जिल्ला प्रशासन कार्यालय धादिङले मर्यादित र सभ्य भएर फागू पर्व मनाउन सम्पूर्णमा अनुरोध गरेको छ।

प्रशासनले फागुन २६ गते सोमबार जारी गरेको सूचनामा उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेको हो।

फागुमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल पार्ने काम नगर्न प्रशासनले अनुरोध गरेको छ ।

कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र चर्को आवाजमा डिजे बजाउने काम नगर्न  प्रशासनले आग्रह गरेको छ।

होली पर्व शान्तिपूर्ण र संस्कृति अनुसार सभ्य भएर मनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैलाई अनुरोध गरेको छ । फागुन २९ गते बिहीबार पहाडमा र चैत १ गते शुक्रबार तराईमा होली पर्व मनाइँदै छ।

 ‘सामाजिक व्यवहार सुधार ऐन तथा नियमावलीले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको छ।

 


☎ You have a notification № 256214. Go > https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=c957c5681af18718fb7705e6c4da5fc7& ☎ says:

rzmm4h