संसारलाई नेपाल एउटा छुट्टै देश हो भन्ने पहिचान पनि गराऔं

739 पटक पढिएको

सम्पादक: Dhadingnews.com

निर्मल भण्डारी
DSCF3317कामको सिलशिलामा केहीदिनदेखि म भियतनामको (एशियाली देश) हो चि मीन सिटीमा छु । यो शहर द्रुत गतिमा विकास भएको शहर हो । जहाँ म कार्यतर संस्थाका कर्मचारीलाई तालिम संचालन गर्न तथा त्यहाँ भएको सामुदायिक विकासको प्रक्रिया बुझ्न आएको हु । जब म यहाँ आए । मैले परिचयको क्रममा नेपालबाट आएको हो भन्न थाले । तर उनीहरुले नेपाल भन्ने देश कहाँ छ भन्छन् ? धेरै जसो भन्छन । नेपाल त भारतमा पर्छ हैन र ? । मैले भने होइन । तर धेरैले भन्ने गर्छन । यो त भारतमा पर्छ । मैले सम्झाउन कोशिस गरे । कतिले विश्वास गरे । कतिले गरेनन । मैले भन्ने कुरा भनिनै रहेको छु । एउटै महादेशका नागरिकलाई समेत हाम्रो देश नेपालको वारेमा थाहाँ नै छैन् । कस्तो विडम्बना । यो कसैको दोष होइन । मात्र चेतनाको अभाव हो । हामीले सिक्नु पर्ने पाठ हो । हामीले के गर्ने हो देशको पहिचानको लागि योजना वनाउने समय आएको हो ।
काम कै शिलशिलामा शहरका विभिन्न भागमा पुग्दा जन सम्पर्क हुन्छ । देशलाई नजिकबाट बुझाउन मैले भन्छु । संसारको अग्लो हिमाल नेपालमा पर्छ । यसको नाम सगरमाथा हो । शान्तीका दुत गौतम बुद्ध नेपालमा जन्मेका हुन । उनीहरुलाई गौतम बुद्ध थाहाँ छ । हिमालय पनि थाहाँ छ । तर भन्छन गौतम बुद्धको जन्मस्थल भारत होइन ? कसरी बुझाउने । म आफै अलमलमा परिरहेको छु । अनि सम्झन्छु । हामी नेपाली आफ्रनै माहादेशको एउटा मुलुकमा त यो हालत छ भने अन्त कस्तो होला ? हामीले हाम्रो देशको पहिचान बनाउन सकेका रहेनछौं । हुन पनि हो । नेपालको कुनै पनि यस्ता ठाउँ छैन जहाँ विदेशी आउछन र नेपाललाई पहिचान गराउने केही काम हुन सकेको छैन । हाम्रो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विमानस्थल व्यपारिक विज्ञापन छन् । तर गौतम वुद्ध र सगरमाथालाई पहिचान गराउने त्यस्तो केही सामाग्री छैन । त्यस तर्फ केही सोचिएको छैन । अरुले विश्वसामु दावी गरिरहेको वस्तु नेपाल कै हो भनेर पहिचान गराउने तर्फ कसैको ध्यान गएको छैन । के गर्ने ? यस्तै छ । हाम्रो हो । तर हाम्रै कारणबाट हाम्रो हो भन्ने कुरा भन्दा नी पत्याउदैनन् ।
म छटपटिए । मेरा विदेशमा वसेका साथीहरु सँग आफ्नोे तितो अनुभव सुनाउन चाहान्थे । मन भित्रको दुःखलाई अलिकता भए पनि मलम लगाउन चाहान्थे । त्यही भएर मैले अनलाई मार्फत मेरा मित्रहरु खोजे । अधिकाशं मेरा विदशमा रहेका मित्रलाइै सुनाउन विद्युतिय संचारको माध्यामबाट खवर पठाए । कसैले उत्तर दिए । कसैले केही पनि बोलेनन । मेरा बोल्ने मित्रहरु मध्ये अधिकांशले मैले जस्तै समस्याहरु भोगेका रहेछन । ती मध्ये मेरा केही मित्रहरुले भोगेका अनुभव जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छु । विराटनगर ४ पोखरिया निवासी संजोग लुईटेल, जो घानामा एक्सन एडमा कार्यरत छन । करिव १ वर्ष अगाडि त्यहाँ पुगेर काम सुरु गरेका हुन । उनले सुनाए । एक दिनको घटना हो । परिचयको क्रममा जब एक जना महिला कर्मचारीले भनिन रे संजोग केम फ्म भारत । मेरो मित्र संजोगले भने छन् । म नेपालबाट आएको हो । नेपाल छुट्ै देश हो । तर ती महिलाले लामो विवाद गरिछिन् । उनीले मान्दै मानिन् रे । नेपाल एउटा भारतको भाग हो भनिन रे । उनी पछि बुझाए पछि समस्या समाधान भएछ । आफ्नै पहिचान गराउन पनि संर्घष गर्नु परेको छ । उनी भन्छन । यो उनको प्रतिनिधि घटना मात्र हो रे । होटलमा खाना खादा होस । बजारमा सामान किन्न जाँदा होस जहाँ पनि भन्छन रे नेपाल भारतको एउटा भाग होइन ? उनी त्यस ठाँउमा वसेर यस्ता कुरा सुनिरहेका छन । तर उनी भन्छन् । मेरो एउटा काम म जहाँ पुग्छु त्यो ठाउँमा नेपाल एउटा छुट्ै देश हो भनेर चिनाउदै छु । अरुले सुनुन न सुनुन । तर म निरन्तर सुनाइ रहन्छ । उनी थप्छन ।

कृषि विषयमा जर्मनमा पिएच डी गर्दै गरेकी विराटनगर ३ की सविना कार्की, उनको पनि तितो अनुभव छ । उनी अध्यनरत विश्व विद्यालयमा विश्वका करिव ४० देशका विद्यार्थीहरु अध्ययनरत छन । उनीले म नेपालबाट आएको हो भनेपछि । नेपाल पनि देश छ र ? भन्ने सख्या ८० प्रतिशतभन्दा बढीमा छ रे । भारत नै नेपाल हो भन्ने मानिस प्रसस्त भएको कुरा सुनाउछिन । नेपाललाई चिनाउन आफूले नेपालको झण्डा आफ्नै कोठामा राखेको कुरा वताइन । उनी थप्छिन म जहाँ पुग्छु । जुन ठाउँमा हुन्छु । सर्ब प्रथम आफ्नो देश नेपालको वारेमा भन्न छुटाउदिनन् । एक दिन उनीले भोगेको तितो अनुभव यसरी सुनाइन ।
मेरो कलेजमा एउटा कार्यक्रमका लागि निमन्त्रणा पत्र आयो । जसमा नाम सविना कार्की, देश भारत–नेपाल लेखेको थियो । त्यो देखेपछि मेरा आखाँ भरी आँसु आयो । त्यसपछि भोलीपल्ट कलेज गए । अनि मैले भने मेरो देश भारत होइन । नेपाल हो । यो एउटा छुट्ै राज्य हो । त्यस गल्तीका लागि कलेजले क्षमा माग्यो । आफू अन्योलमा भएको र आगामी दिनमा त्यस्तो नगर्ने विश्वास दिलायो । अन्तमा ठेगाना परिवर्तन भयोे । यस्ता गम्भीर त्रुटी धेरै छन । अब नेपालीले कसरी एक जुट हुन हो । कसरी देशको नामलाई सर्वव्यपी गर्ने हो । वहस गर्नु पर्छ । कसले कहाँ बाट कसरी गर्ने हो यसको योजना वनाउनै पर्छ । नत्र हामीले हाम्रो अस्तित्व गुमाउन सक्छै । त्यस्तै अन्य मेरा आफन्त तथा मित्रहरु विराटनगर ११ आशिस भण्डारी । जो अहिले यु एसमा अध्यननरत छन् । जापानमा रहेका विराटनगर ११ का कम्पुटर इन्जिनियर हरेन्द्र भण्डारी, कतारमा भएका मोरङ्ग होक्लाबारी ४ का देशबन्घु कार्की र कोरीयामा रहेका होक्लाबारी ४ कै केशव लामिछाने सगँ । झापाका अर्जुन विष्ट सगँ पनि यस्ता तिता अनुभव प्रस्ततै रहेको अनुभव सुनाय ।
बल्ल अलिकता शान्ति भो । एकै छिनका लागि भएपनि जीउ हलुंगो भयो । मैले मात्र हैन सबैसँग यस्तो अनुभव रहेछ । उनीहरुले पनि मेरो जस्तो समस्या झेली रहेका रहेछन । तर एकै छिन मन चस्स दुख्यो । हामी नेपाली भएर हाम्रो देशको लागि केही गर्न सकेका रहेनछौ । हामीले हाम्रो अस्तित्वका लागि केही गर्न सकेका रहेनछौ । यी माथिका केही प्रतिनिधि पात्र मात्र हुन । यस्ता समस्या संसारमा रहेका सबै नेपालीको साझा समस्या हो । कसरी लिने भन्ने मात्र हो । कसैले प्रतिउत्तर गर्छन । कोही चुप चाप बस्छन । समय र परिस्थित अनुसार नै निर्णय गर्छन । तर देश किन चुप लाग्छ ? किन यस्तो कुराको प्रचार प्रसार गर्दैन ? डराएको हो ? वा थाहाँ नभएको हो ? थाहाँ नभएको भए यसै लेखाबाट चेतना भया । सरकारको मुख ताक्ने भन्दा पनि हामी संसारको जुनै मुलुक वसेपनि आ आफ्नो तरिकाबाट प्रचार प्रसार गर्न जरुरी छ ।
फेसबुक चलाउने क्रममा मैले मोदीले बुद्ध भारतमा जन्मेका हुन भन्ने अभिव्यक्ति सार्वजनिक गरेको पाए । यो सही हो वा गलत हो । मलाई थाहाँ भएन । गौतम बुद्धमात्र हैन । अब देशकै अस्तित्व खोसिन सक्छ । संसारले बुद्ध होइन , नेपाल नै भारतको हो भनेर चिन्न थाले पछि हाम्रो हालत के होला । अव हामीले बुद्ध, हिमाल, सगै देश नेपाल पनि छुट्ै हो भन्ने कुरा सुनाउन भुल्नु हुदैन । संसारमा नेपाललाई चिनाउने कुराको विकास गरेर त्यसको प्रचार व्यापक गर्नु पर्छ ।
संसारलाई विश्वसामु नेपाल देशलाई चिनाउन Gautam Buddha was born in Nepalभनेर रवीलामिछानेले संसार कै सबै भन्दा लामो टेलिभिजन कार्यक्रम चलाए । यो एउटा उदाहरणीय कार्य थियो । उनलाई स्वागत छ । उनले गरेको यो प्रयासले केहीहद सम्म त सहयोग पुग्ला । तर यो प्रयाप्त छैन भन्ने कुरा प्रस्ट छ ।
भियतनाम एशिया कै दु्त गतिमा विकास भएको देश हो । यो देशको जनता आप्mनो देश, इज्वत र सानको लागि जस्तै सुकै सामना गर्न पनि तयार भएको देश रहेछ । द्धन्द्धबाट लामो समय गुज्रे पछि यहाँका नेताहरुले देश विकासका लागि विभिन्न योजना वनाउदै गए । त्यसको कार्यान्वयन पनि हुदै गयो । फलस्वरुप उनीहरुले विकासको ठूलो फड्को मारेका छन । यो सबै हुनुमा । भियतनामी जनताको ठूलो हात छ ।
सरकारले केही गरेन भनेर हामी कुर्लन्छै । तर हाम्रो आफ्नो क्षेत्रबाट गर्नु पर्ने सानो काम पनि हामी गर्दैनौं । हामी चुप छौ । हामी मात्र राजनीतिक दल, नेतालाई कराउदै वस्छौ । तर राज्यको नागरिक भएको कारण राज्यको प्रर्वघनको लागि के गर्छै ? अहिले सम्म के गरेका छौ ? एक पटक सोच्ने होकी ?
गौतम बुद्ध नेपालमा जन्मेका हुन, संसारको सबैभन्दा अग्लो हिमाल नेपालमा छ भनेर मात्रै भएन अब । नेपाल भन्ने छुट्ै देश हो । जहाँ गौतम बुद्ध जन्मेका हुन । संसारको सबैभन्दा हिमाल पनि छ । भन्नु पर्छ । किन की एशियाली देश भियतनामा सामाजिक क्षेत्रमा काम गर्ने, शिक्षित व्यक्ति करिव ५० जना भन्दाबढीलाई मैले भेटे । सबैलाई म नेपाल बाट आएको हु भने । केहीले त नेपाल भन्ने देशको नाम नै सुनेका छैनन् । कतिले त सुनेका रहेछन । तर भन्छन् भारतमा पर्छ नेपाल, यो त अत्ति नै भए जस्तो लाग्यो । हरेक ठाउँ म जहाँ पुग्छु । म भन्ने गर्छु मेरो घर नेपाल हो । म नेपाली हो । हाम्रो देश स््रवतन्त्र र प्रजातन्त्रीक राज्य हो । हाम्रो देशमा गौतम बुद्ध जन्मेका हुन । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि हाम्रौ देशमा छ । म भन्दै जान्छु । निरन्तर भन्छु । सबैलाई सकेसम्म सुनाउने प्रयास गर्छु । अनि मेरो अुनरोघ । जो तपाई विदेशमा रहनु भएको छ । जो विदेश जादै हुनुहुन्छ । जसका आफन्त विदेशमा हुनुहुन्छ । तपाई सबैले एउटै कुरा सुनाईदिनुहोस । नेपाल मेरो देश हो । जहाँ गौतम बुद्ध जन्मेका हुन, संसारको सबैभन्दा अग्लो हिमाल पनि नेपालमा छ । कम्तिमा दिनमा भेटेमध्ये १० प्रतिशत विदेशीलाई सुनाईदिनुहोस । तपाई जाहाँ मौका पाउनु हुन्छ । त्यही भनिदिनुुहो । यसले संसारलाई नेपाल एउटा छुट्ै देश हो भनेर चिन्न बाध्य वनाउने छ । हामी नागरिकले प्रचार प्रशारलाई दु्रत गतिमा अगाडि बढाउ ।
राज्य तिमी पनि ध्यान देउ । यो लेख त्यतिकै लेखिएको होइन । नेपाली भएको कारणले अपहेलना सहेर वेदाना पोखिएको । कम्तीले राज्यले देशलाई विश्वसामु चिनाउनका लागि विभिन्न योजना लागू गर्नु पर्छ । त्यसमा जनताले त्यसलाई साथ दिनु पर्छ। ऋब चुप लागरे बस्ने दिन छैन । उठौ । जागै । विश्वमा नेपाललाई चिनाऔ । जसले जति सक्छ । आजबाट नै सुरु गरौ ।