ताईवानी बिद्यार्थीवाट रानीपौवामा कम्प्युटर

682 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
SAM_3619 - Copyधादिङ,३ साउन ः धादिङको सल्यानटारमा रहेको रानीपौवा उच्च माध्यमिक बिद्यालयमा कम्प्युटर कक्षा संचालनका लागि ताईवानको यान्जी युनिभर्सिटीका बिद्यार्थीहरुले १५ थान ल्यापटप सहयोग गरेका छन ।
पर्यावरिणय संरक्षण मञ्च नेपाल संस्था मार्फत देशका विभिन्न जिल्लामा रहेका सामुदायिक बिद्यालयमा कम्प्युटर कक्षा संचालनका लागि सहयोग गर्दै आईरहेको यान्जी युनिभर्सिटी (Yuan Ze University )का स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुले शुक्रवार बिद्यालयलाई कम्प्युटर प्रदान गरेका हुन । ताईवानी बिद्यार्थी समुहले १० लाख नेपाली रुपैया वरावरको १५ थान ल्यापटप, एक थान प्रिन्टर र ३० थान पेनड्राईभ बिद्यालयलाई सहयोग गरेका हुन ।
बिद्यालयलाई कम्प्युटर प्रदान गर्नु अघि ताईवानी बिद्यार्थीहरुले सल्यानटार गाविसका विभिन्न ५ वटा बिद्यालयका ३० जना शिक्षक र ३० जना बिद्यार्थीलाई १५ दिन सम्म आधारभुत कम्प्युटर तालिम समेत दिएका थिए । तालिम संचालनका लागि यान्जी युनिभर्सिटीवाट आएका ६ जना ताईवानी बिद्यार्थीहरु आंफै १५ दिन सम्म सल्यानटारमा खटिएका थिए । ताईवानी बिद्यार्थी समुहका अगुवा रेसिकाका अनुसार बिज्ञान प्रविधिको विकासले मात्र संसारमा ठुला परिवर्तन सम्भव हुने भएकाले नेपालका ग्रामीण भेगका बिद्यालयमा कम्प्युटर शिक्षा संचालनका लागि सहयोग गरिएको हो । कम्प्युटर हस्तान्तरणका लागि शुक्रवार रानीपौवा उच्च माविमा बिद्यालयको तर्फवाट आयोजना गरिएको कार्यक्रममा सहयोगी ताईवानी बिद्यार्थीहरुलाई ढाका टोपी लगाईदिनुका साथै र प्रशंसा पत्र दिएर सम्मान गरेका थिए ।
यान्जी युनिभर्सिटीका बिद्यार्थीहरुले गएको सात बर्ष देखि धादिङ लगायत देशका विभिन्न जिल्लाका सामुदायिक बिद्यालयमा प्रत्येक बर्ष आधारभुत तालिम सहित कम्प्युटर बितरण गर्दै आईरहेको पर्यावरिणय संरक्षण मञ्च नेपालका अध्यक्ष रमेश धमलाले वताउनु भयो । कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको प्रमुख आतिथ्य रहेको थियो ।