धादिङमा दैनिक १६ हजार यात्रुले खानाखाजा खान्छन्
621 पटक पढिएको

राजेन्द्रकुमार बस्नेत

खाद्य अधिकारको क्षेत्रमा कार्यरत फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङले गरेको प्रारम्भिक चरणको अध्ययन प्रतिवेदनमा ५ सय ७८ वटा दिवा तथा रात्री वस र ३ सय ५८ वटा माईक्रो वसका १५ हजार ६ सय २५ जना यात्रुले दैनिक खाना तथा खाजा खाने गरेको उल्लेख छ । ती यात्रुले सरदर १ सय ५० कार दरले मात्र खर्चे पनि २३ लाख २३ हजार ७ सय ५० रुपँया खर्च हुन्छ ।
यात्रुहरुले दशैतिहार पर्ने महिना वाहेकको ११ महिनामा ७६ करोड ९१ लाख ६१ हजार २ सय ५० रुपाँयको होटलमा र १ करोड १५ लाखको हाराहारीमा होटल आसपासका खुद्रा तथा फलफूल पसलमा खर्च गर्ने अनुमान गरिएको छ । दशैतिहार एक महिनामा यात्रुको चाप बढ्ने भएकाले १३ करोड ९३ लाख २५ हजार होटलमा र २० लाख भन्दा बढी होटल आसपासका खुद्रा तथा फलफूल पसलमा खर्च हुने अनुमान गरिएको छ कारोवार डेलि डट कमले खबर लेखेको छ ।