‘शीशा’को पत्रकार सम्मेलनमा जीवनले यसरी खोजे ‘लीला’
772 पटक पढिएको


चलचित्रमा लक्की सिटौला र मनोज सिंहको संगीत, अष्ट महर्जनको द्वन्द्व, कमल राई र दिनेश अधिकारीको नृत्य, रामकुमार केसी र कुमार वखतीको छायांकन, कृष्ण पौडेलको मुख्य सहायक निर्देशन छ । कार्यक्रममा बोल्दै नायक जीवन लुइटेलले ‘शीशा’ चम्किलो रहेको बताए । उनले चलचित्रको गीत, कथा, थ्रिलर र एक्सनका कारणले पनि यो सिनेमा विशेष बनेको बताए । कार्यक्रममा बोल्दै निर्देशक ‘शरद’ले यो चलचित्र बनाउ“दा दुख पाएपनि राम्रो बनेकाले सन्तुष्ट रहेको बताए ।
यसैविच, कार्यक्रममा चलचित्र ‘रामलीला’को पनि घोषणा गरियो । आर.वी.के ‘शरद’कै निर्देशनमा बन्न लागेको यो सिनेमाका लागि नायक जीवन लुइटेल र कलाकार बर्षा सिवाकोटीको मुख्य भूमिका रहनेछ । कार्यक्रममा नायक जीवन लुइटेलले नायिका सिवाकोटीलाई पत्रकारहरु बसेको स्थानबाट खोजेर ल्याएका थिए । चलचित्रमा लीलाको भूमिका निर्वाहा गर्न लागेकी नायिका सिवाकोटीले कथावस्तु मन परेर काम गर्न लागेको बताइन् । चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ ।