‘आई नीड योर लभ बेबी’ भन्दै ठमेलको बारमा हट नन्दिता
1014 पटक पढिएको
काठमाडौ-नायिका नन्दिता केसीको यस्तो हट रुप सायदै तपाइले यसअघि पर्दामा देख्नु भएको थिएन होला । आफ्नो एक दशक भन्दा लामो चलचित्र करिअरमा नायिका केसीले पहिलो पटक चलचित्रमा आइटम नृत्य गरेकी हुन् ।चलचित्र ‘जंगबहादुरको कोट’का लागि नायिका केसीले आफ्नो हट अवतार पहिलो पटक पर्दामा प्रस्तुत गरेकी हुन् । ‘आई नीड योर लभ बेबी’ भन्दै ठमेलको एक बारमा केसीलाई नृत्य गर्र्दै गरेको अवस्थामा अनलाइनखबरको क्यामेराले कैद गरेको हो ।
गम्भिर बिष्टको कोरियोग्राफीमा पुरुषोत्तम प्रधानको छायांकन रहेको गीत सिनेमा चलाउने दरिलो हतियार बन्न सक्छ । चलचित्रका निर्देशक भने आशिष भेटवाल हुन् । पहिलो पटक चलचित्र निर्देशनमा हात हालेका आशिषले सिनेमालाई एक्सन, थ्रिलर भनेका छन् । उनका अनुसार चलचित्रले जंगबहादुरको बिषयलाई उठान गरेको छैन । तर उनको कोटलाई भने सिनेमामा कुनै अंशको रुपमा प्रस्तुत गरिएको छ ।
आशिष अष्ट्रेलियामा नै चलचित्र बिषय पढिरहेका छन् । उनी सिने नगरीमा चम्कने तयारीमा छन् । चलचित्रमा विमलेष अधिकारी, अनुप बराल, विश्व बस्नेत, शुचित्रा आचार्य, सुवांगी कोइराला, मोहन निरौला, रश्मी भट्टको मुख्य भूमिका छ । ३० प्रतिशत दृश्य अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रको अब १० दिनमा छायांकन काम सकिनेछ ।
चलचित्रले अन्तरराष्ट्रिय रुपमा हुने ड्रक्सको खेतीलाई मुख्य बिषय बनाएको छ । योगेन खड्काको कथा, आशिष भेटवालकै पटकथा तथा संवाद रहेको चलचित्रमा जयन खड्काको लगानी छ । नायिका नन्दिता केसीले गीत र प्रस्तुत गर्ने तरिका मन परेकाले काम गरेको बताइन् । नन्दिताको यो नया“ सेक्सी रुपलाई दर्शकले रुचाउ“छन् या रुचाउ“दैनन्, यो भने गीत सार्वजनिक भएपछि मात्र थाहा हुनेछ ।







