‘आई नीड योर लभ बेबी’ भन्दै ठमेलको बारमा हट नन्दिता
771 पटक पढिएको


चलचित्र ‘जंगबहादुरको कोट’का लागि नायिका केसीले आफ्नो हट अवतार पहिलो पटक पर्दामा प्रस्तुत गरेकी हुन् । ‘आई नीड योर लभ बेबी’ भन्दै ठमेलको एक बारमा केसीलाई नृत्य गर्र्दै गरेको अवस्थामा अनलाइनखबरको क्यामेराले कैद गरेको हो ।
गम्भिर बिष्टको कोरियोग्राफीमा पुरुषोत्तम प्रधानको छायांकन रहेको गीत सिनेमा चलाउने दरिलो हतियार बन्न सक्छ । चलचित्रका निर्देशक भने आशिष भेटवाल हुन् । पहिलो पटक चलचित्र निर्देशनमा हात हालेका आशिषले सिनेमालाई एक्सन, थ्रिलर भनेका छन् । उनका अनुसार चलचित्रले जंगबहादुरको बिषयलाई उठान गरेको छैन । तर उनको कोटलाई भने सिनेमामा कुनै अंशको रुपमा प्रस्तुत गरिएको छ ।
आशिष अष्ट्रेलियामा नै चलचित्र बिषय पढिरहेका छन् । उनी सिने नगरीमा चम्कने तयारीमा छन् । चलचित्रमा विमलेष अधिकारी, अनुप बराल, विश्व बस्नेत, शुचित्रा आचार्य, सुवांगी कोइराला, मोहन निरौला, रश्मी भट्टको मुख्य भूमिका छ । ३० प्रतिशत दृश्य अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रको अब १० दिनमा छायांकन काम सकिनेछ ।
चलचित्रले अन्तरराष्ट्रिय रुपमा हुने ड्रक्सको खेतीलाई मुख्य बिषय बनाएको छ । योगेन खड्काको कथा, आशिष भेटवालकै पटकथा तथा संवाद रहेको चलचित्रमा जयन खड्काको लगानी छ । नायिका नन्दिता केसीले गीत र प्रस्तुत गर्ने तरिका मन परेकाले काम गरेको बताइन् । नन्दिताको यो नया“ सेक्सी रुपलाई दर्शकले रुचाउ“छन् या रुचाउ“दैनन्, यो भने गीत सार्वजनिक भएपछि मात्र थाहा हुनेछ ।