चरी हत्या गरैन्यायिक : एमाले धादिङ
785 पटक पढिएको


विगतमा दिनेश अधिकारीको गतिविधि केही विवादास्पद रहेको सुनिए पनि एमाले प्रवेशसँगै उनी रूपान्तरणको क्रममा रहेको एमालेको दाबी छ। आफूमाथि लागेको आरोपको कानूनसम्मत रूपमा सामना गर्न आफ्नो कानूनी सल्लाहकारको सल्लाहबमोजिम अदालत हाजिर हुने दिनको प्रतिक्षामा रहेका बेला सुध्रने मौकासमेत नदिई उनलाई मारिएको त्रिपाठीले जिकिर गरेका छन्
लासको प्रकृति मुचुल्का गरिँदा मृतकका आफन्तलाई संलग्न नगराउनु, घटना थाहा पाउनेबित्तिकै घटनास्थल पुगेका धादिङ १ का सभासद धनबहादुर घलेलाई अवलोकन गर्न नदिइनु, घटनास्थलमा एक थोपा रगतसमेत नदेखिनुले उनलाई अन्यत्रै पक्राउ गरी हत्यापछि त्यस ठाउँमा पुर्याई नाटक मञ्चन मात्र गरिएको एमाले धादिङको दाबी छ।
एमाले धादिङले घटनामा संलग्न प्रहरी अधिकारीहरू कुमुद ढंुगेल, पुष्कर कार्की, मिरा चौधरीलगायतलाई तुरुन्त निलम्बन गरी घटनाको छानबिन गर्न संसदीय समिति वा विश्वासिलो न्यायिक समिति गठन गर्न माग गरेको छ।