‘झोला’ को दक्षिण कोरियामा च्यारिटी शो हुने
733 पटक पढिएको


झापा मिलन समाज दक्षिण कोरियाले स्थापना गरेको पाथिभरा हाउस संचालनमा सहयोग पु¥याउने उद्धेश्यले चलचित्रको प्रदर्शन गर्न लागिएको कार्यक्रमका संयोजक पवन चाम्लिङ राईले जानकारी दिनुभयो । पाथिभरा हाउसले कोरियामा आपत–विपत परेका नेपालीहरुको लागी बस्ने व्यवस्थाका साथै सहयोग पनि उपलब्ध गराउने गरेको छ ।
चलचित्रको पहिलो शो अगष्ट २४ तारिखका दिन जोग्येसा हलमा हुने बताइएको छ । दक्षिण कोरियाका विभिन्न स्थानहरुमा चलचित्र ३ महिनासम्म चल्नेछ ।
‘सत्ती एक कु प्रथामा’ आधारित चलचित्र ‘झोला’ लाई यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका गरिमा पन्तको मुख्य अभिनय रहेको छ ।