चर्चित फेशन डिजाइनर पूनमको ‘अझै पनि’ अाउँदै
856 पटक पढिएको


आलोक नेम्वाङको निर्देशनमा उनले अर्का निर्देशक सुदर्शन थापास“ग मिलेर ‘अझै पनि’को निर्माण गरेकी हुन् । लामो समयदेखि फेशन डिजाइनिङमा व्यस्त पूनमले सिनेमा निर्माणलाई निरन्तरता दिने बताइन् । अनलाइनखबरस“ग कुरा गर्दै उनले भनिन्–‘मैले सुनेको छु, यहा“ नया“ निर्मातालाई ‘मुर्गा’ बनाइन्छ रे । तर म मुर्गा बन्न हैन, सिनेमा नगरीलाई योगदान दिन आएकी हु“ ।’
पूजा शर्मा, सुदर्शन थापाको मुख्य भूमिका रहेको यो सिनेमा फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउ“दैछ । सिनेमाको प्रदर्शनस“गै आफू फेशन डिजाइनरबाट निर्मात्री पनि बनेर चिनिने उनको विश्वास छ ।
‘सिनेमाले कती कमाउ“छ भन्दा पनि मलाई पूनमले एउटा राम्रो सिनेमा बनाइछ भन्ने दर्शकले वुझे हुन्छ’, पूनमले भनिन् । उनले आफू निरन्तर सिने नगरीमा लागेर यो क्षेत्रलाई योगदान दिने बताइन् ।
‘नेपालमा महिला निर्मात्रीहरु खासै अगाडि आउन सकेका छैनन्, म चाहन्छु सिनेमा निर्माणमा पनि महिलाहरु सशक्त छन् भन्ने सबैमा सन्देश जाओस्’, पूनमले भनिन् । व्यापार भन्दा पनि सिने क्षेत्रमा आफ्नो माया र लगाव भएर निर्माताको रुपमा अगाडि आएको उनको तर्क छ ।