दिनेश अधिकारीका आफन्त न्याय खोज्दै सर्वोच्चमा

633 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dinesh-adhikari-1काठमाडौं- प्रहरीद्धारा हत्या गरिएका  दिनेश अधिकारी का आफन्त न्याय खोज्दै सर्वोच्च अदालत पुगेका छन् । गैर न्यायिक हत्या भएको भन्दै दिनेशका दाजु धु्रब अधिकारीले सर्बोच्चमा रिट दायर गरेका हुन् ।
हनुमान ढोका प्रहरीले किटानी हत्याको जाहेरी लिन नमानेपछि उनीहरु सर्वोच्च गएका हुन् । यस्तै दिनेशका आफन्तले राष्टिय मानव अधिकार आयोगमा पनि गृहमन्त्री बामदेब गौतम लगायतलाई बिपक्षी बनाएर मुद्धा दायर गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतम गृहमन्त्री भएका बेला घटना घटेपनि घटना छानवीनका लागी एमाले नेतृत्व तथा एमाले धादिगंको समर्थन पाएका दिनेशका आफन्त न्यायको खोजिमा छन् ।
बिभिन्न अपराधमा संलग्न भनिएका चरी राजधानीको भिमढुगांमा प्रहरी इन्काउण्टरमा मारिएको प्रहरीले दावी गर्दै आएपनि दिनेशका आफन्तले भने त्यसलाई प्रतिवाद गर्दै आएका छन् । दिनेशलाई चक्रपथ भित्रै मारेर भिमढुगांमा लगेर इण्काउण्टरको अपत्यारीलो नाटक रचिएको आफन्तको दावी छ ।

पोष्टमार्टमका लागी दस्तखत समेत गर्न नमानेपछि उनको अझै पोष्टमाटम हुन सकेको छैन । दिनेशको शब शिक्षण अस्पताल महाराजगञ्जको शव गृहमा छ ।