विपन्न वालवालिका लाई शैक्षिक सामाग्री

899 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२ भदौ- बिद्यालय पोशाक नभएकै कारण नियमित पढ्न जान नपाएका अति विपन्न वालवालिकालाई धादिङ जिल्लामा कृयाशिल गैर सरकारी संस्था सहयात्री समाज नेपालको सहयोगमा विद्यालय पोशाक र शैक्षिक सामग्री ph1 - Copyवितरण गरिएको छ ।
सहयात्री समाज नेपालले शुरु गरेको सवैको शिक्षाको लागि मेरो योगदान अभियान मार्फत विद्यालय पोशाक, कपि कलम,व्याग नभएकै कारण विद्यालय जान बाट बञ्चित बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गर्ने अभियान अन्र्तगत नागेश्वरी प्राथमिक विद्यालय नलाङ ६ बुङचुङका अति विपन्न छात्र छात्राहरुलाई १२ जना बालबालिकालाई शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरण गरिएको हो । कुम्पुर गाविस स्याखुटारका आर्थिक रुपमा विपन्न चेपाङ र दलित परिवारका बालबालिकाहरु विद्यालय पोशाक, झोला र शैक्षिक सामग्री किन्न नसकेका कारण विद्यालय भर्ना नभएको जानकारी पाएपछि जिल्ला शिक्षा कार्यलय धादिङसंगको समन्वयमा सहयात्री समाज नेपालले उक्त सहयोग गरेको जनाएको छ । कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा नलाङ सलाङ र कुम्पुर गाविसका बालबालिकाहरु पढ्न आउने गरेका छन् ।
सोमवार विद्यालयमा आयोजित एक कार्यक्रमका वीच धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले बालिबालिकाहरु नियमित रुपमा विद्यालयमा ल्याउने वातावरण बनाउन बिद्यालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । विद्यालय क्षेत्र भित्रका बालबालिका नियमित गराउने, विद्यालयको शैक्षिक स्तरउन्नति र भौतिक स्तर उन्नति गर्ने कुरामा विद्यालय आफैंले पनि विशेष ध्यान दिनुपर्ने र यसका लागि जिल्ला शिक्षा कार्यालयले सहयोग गर्ने सुवेदीले बताउनुभएको थियो । यसै गरी सोही कार्यक्रम बोल्नुहुँदै जिल्ला बाल अधिकार अधिकृत हरि उप्रेतीले अभिभावक र शिक्षकहरुको व्यवहारले बालबालिकालाई कस्तो बनाउने भन्ने कुरामा निर्भर हुने हुँदा विद्यालयले यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने बताए ।
बालबालिकालाई पढाउने मात्र नभएर उनिहरुको सर्वाङ्गिण विकास गर्ने तिर ध्यान दिंदै विद्यालयले त्यस्ता कार्यक्रमहरु गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए । संस्थाका कार्यकारी निर्देशक राधिका सापकोटाका अनुसार संस्थाले महिला र बालिकाहरुमाथी हुने जोखिमको क्षेत्रमा मात्र काम गर्दै आएकोमा शिक्षाको क्षेत्रमा पनि काम गर्न थालेको हो । नागेश्वरी प्राथमिक विद्यालयका बालबालिकाले विद्यालय पोशाक नभएकै कारण पढाइ विचैमा छोड्नुपरेको जानकारी पाए पछि आफुहरुको व्यक्तिगत पहलमा फेसबुक मार्फत सवैको शिक्षाको लागि मेरो योगदान अभियान शुरु गरेको सापकोटाले जानकारी दिनुभयो ।
एकजना व्यक्तिले एकदिनमा ३ रुपैया ३३ पैसा जम्मा गर्दा वार्षिक रुपमा १२०० जम्मा हुने र यदि यो अभियानमा वार्षिक १२०० सहयोग गर्ने १०० जना व्यक्तिहरु भएभने वार्षिक रुपमा ८० जना बालबालिकाहरुलाई सहयोग गर्न सकिने समेत सापकोटाको भनाई छ । अभियानमा अहिले सम्म २० हजार जम्मा भएको बताईएको छ ।