महिन्द्रा कम्पनीका ट्याक्टर र जीपहरुको विक्रि शो रुम अब धादिङबेसीमा

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10579205_899585216737763_1207506142_n - Copyधादिङ –पहाडी तथा कच्ची बाटोको लागि बलियो र भरपर्दो मानिएको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका ट्याक्टर र जीपहरुको विक्रि शो रुम भदौ २ गते सोमवारवाट  धादिङबेसीमा सञ्चालनमा आएको छ । शो रुमको सोमवार एक कार्यक्रमकाबीच धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले उद्घाटन गर्नुभयो ।
भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि आधिकारीक विक्रेता अग्नी इन्कर्पोरेटेडको समन्वयमा कला इन्कर्पोरेटेड प्रा.लि. धादिङले शो रुम सञ्चालनमा ल्याएको हो । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका ट्याक्टर, बोलेरो पिकअप, बालेरो जीप, स्कार्पीयो जीप लगायत ३८ किसिमका मोटरहरु शो रुमबाट विक्रि गरिने कला इन्कर्पोरेटेड प्रा.लि. धादिङका सञ्चालक रमेशभाई अधिकारीले बताउनु भयो । ६ लाख रुपैयाँ पर्ने ट्याक्टरदेखि ६७ लाखसम्मको सवारी साधन शो रुमबाट विक्रि गरिने पनि सञ्चालक अधिकारी बताउनु हुन्छ ।
10581639_899585206737764_939180731_n - Copyधादिङबेसीमा शो रुम सञ्चालनमा ल्याएसंगै एक सातासम्मका लागि विशेष छुटको व्यवस्था मिलाइएको अग्नी इन्कर्पोरेटेडका प्रमुख कार्यकारी प्रवन्धक अमित चौधरीले बताउनु भयो । आज भएको शो रुम उद्घाटन कार्यक्रममा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारी लगायत धादिङका उद्योगी व्यवसायीहरु, यातायात क्षेत्रका प्रतिनिधिहरु, अग्नी इन्कर्पोरेटेडका सेल्सम्यान रामेश्वर महर्जन लगायतको सहभागिता रहेको थियो ।
धादिङको सदरमुकाम धादिङबेसीको पुछारबजार पुलचोकमा सञ्चालनमा ल्याइएको शो रुम उद्धाटन अवसरमा ४ ओटा बोलेरो पिकअप बुकिङ समेत भएको बताइएको छ ।