बिद्यार्थीको स्वास्थ्य परिक्षणका लागि अभियान

766 पटक पढिएको

३ भाद्र २०७१, मंगलवार २०:४० सम्पादक: धादिङ न्यूज

health check up 089धादिङ–नीलकण्ठ नगरपालिका वार्ड नं ७ मा रहेको रक्तकाली प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । साविकको सुनौलवाजार गाविस वडा नम्बर ६ मा रहेको उक्त बिद्यालयमा विदेशी तथा स्वदेशी चिकित्सकहरुको समुहले वालवालिकाको स्वास्थ्य परिक्षण गरेको हो ।
धादिङ फाउण्डेसन दियो नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको स्वास्थ्य परिक्षणमा वालवालिकाको व्यक्तितग फायल तयार गरी आवस्यक स्वास्थ्य सल्लाह र सुझाव सहित सम्बन्धित बालबालिकाहरुको अभिभावकलाई जानकारी गराईने फाउण्डेसन दियो नेपाल काठमाण्डौ का अध्यक्ष शिवहरी सापकोटाले बताउनुभयो ।
संस्थाका अध्यक्ष सापकोटाका अनुसार स्वास्थ्य परिक्षणमा सहभागि सबै छात्र छात्राहरुको लागि उनिहरुको ब्यक्तिगत सरसफाई गर्न अति आवस्यक सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर लामिछाने मगर तथा विद्यालयको प्रधानाध्यापक रेशमराज अधिकारीलाई हस्तान्तरण गरिएको थियो । यसैगरी सोही अवसरमा विद्यालयका पधानाध्यापक अधिकारीले दियो नेपालले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारको लागि विगत देखिनै शिक्षक सहयोग, विद्यार्थीहरुको लागि विद्यालय पोशाक र कम आय हुने अभिभावकका छोराछोरीको लागि शैक्षिक सामग्री समेत उपलब्ध गराई विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न ठुलो सहयोग पुर्याउँदै आईरहेको जानकारी दिनु भयो ।