चोरीको आरोपमा ज्यामरुङका वलराम धमला पक्राउ

841 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2014-08-28 11.15.43धादिङ–चोरीको आरोपमा अदालतवाट दण्ड सजाय तोकिएका धादिङको ज्यामरुङ गाविस वडा नम्बर ९ का ३९ बर्षिय वलराम धमला पक्राउ परेका छन । धमलालाई भदौ ११ गते बेलुकी ६ वजेतिर धादिङको ज्यामरुङ्ग गा.वि.स. वडा नं. ९ वाट प्रहरीले नियन्त्रणमा लिएको हो । नकवजनी चोरी मुद्दामा काठमाण्डौ जिल्ला अदालतको २०६१ असार १५ गतेका फैसलाले धमलालाई उनान्नब्बे हजार सात सय दण्ड जरिवाना तोकिएको थियो । अदालतको फैसला पछि लुकिछिपी बस्दै आईरहेका धमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सुराकको आधारमा निजको घर ठेगानाबाट पक्राउ गरी ल्याएको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले जानकारी दिनुभयो
धमलालाई प्रारम्भिक अनुसन्धान पछि थप कानुनी कारवाहीको लागि जिल्ला अदालत धादिङ समक्ष पेश गरिने पनि प्रहरी नायव उपरिक्षक मल्लले वताउनुभयो ।