प्याब्सन धादिङको चित्रकला प्रतियोगिता सम्पन्न

1201 पटक पढिएको

२० भाद्र २०७१, शुक्रबार २०:५९ सम्पादक: धादिङ न्यूज

pabsanधादिङ- नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन धादिङको जिल्ला स्तरीय चित्रकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

                      प्याब्सन धादिङको कार्यपात्रो अनुसार उक्त कार्यक्रम प्याब्सन सदस्य विद्यालय जगदम्बा ई बो स्कुलमा सम्पन्न भएको हो । मेरो विद्यालय र वातावरण शीर्षकमा भएको चित्रकला प्रतियोगितामा कक्षा १ देखि कक्षा ५ सम्मका १७ विद्यालयहरुका ३४ विद्यार्थीहरु सहभागि रहेका थिए । कार्यक्रममा सहभागि तर्फ क्रमशः प्रथम विशाल ढकाल बेनी शिक्षा सदन, द्वितिय,अर्सत मियाँ ब्राइटफ्यूचर सहकारी मा वि. तृतिय प्रशान्त बिसुन्के पाविल हिमाल ई बोर्डिङ स्कुल र सान्त्वना रमिता तामाङ, सुनगाभा एकेडेमी भएका छन् । कार्यक्रममा विद्यालय तर्फ क्रमशः प्रथम जगदम्बा ई बोर्डिङ स्कुल र सुनगाभा एकेडेमी, द्वितिय तर्फ पशुपति शिक्षा मन्दिर र बेनी शिक्षा सदन, तृतिय पाबिल हिमाल ई. बोर्डिङ स्कुल र सान्त्वना स्थान एड्भान्स एकेडेमी ले प्राप्त गरेका छन् । प्याब्सन धादिङका अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संस्थाका बरिष्ठ सल्लाहकार नवराज ओझाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथिको मन्तब्यमा बोल्दै ओझाले साना कलिला हातका सिर्जना असाध्यै राम्रा रहेका र चित्रकारहरुको भविष्य उज्वल रहेको बताउनुहुँदै विद्यार्थीहरुमा अन्तर्निहित क्षमताको उजागर गर्दै उनीहरुको क्षमता एवम् सीपको विकास गर्दै सक्षमता तर्फ डोहो¥याउने कर्तब्य एक जिम्मेवार शिक्षक , विद्यालय र प्याब्सन समेतको रहेकाले यस्ता अतिरिक्त कार्यक्रमहरुको आयोजना गर्ने गरेकोमा धन्यवाद ब्यक्त समेत गर्नु भयो । समापन कार्यक्रममा प्याब्सन धादिङका अतिरिक्त विभाग प्रमुख देवी प्रसाद अधिकारीले समारोहमा उपस्थित प्रमुख अतिथि तथा अतिथीहरुमा स्वागत मन्तब्य राख्दै प्रख्यात चित्रकार लियोनार्दो दा भिन्चीको स्मरणमा चित्रकला एउटा जीवन्त साहित्य भएकाले चित्रकला मार्फत समाजलाई परिवर्तन गर्न सहजहुने बताउनुभएको थियो । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष श्रेष्ठले चित्रकलामा लगनशील भई लाग्नेहरुको अन्तर्राष्ट्रिय जगतमा सम्मान समेत रहेकाले अविछिन्न चित्रकलामा लागिरहनेहरुको भविष्य राम्रो रहेको बताउनु भएको थियो ।