रेडियो लाङटाङ छिट्टै सञ्चालनमा आउने 

526 पटक पढिएको

सम्पादक: Dhading News

आशिष ठकुरी
???????????????????????????????लहरेपौवा रसुवा- रसुवा जिल्ला र आसपासका जिल्लाहरु समेटने गरि रेडियो लाङटाङ सञ्चालनमा आउने भएको छ । पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालले रसुवा जिल्लाकै पहिलो ५०० वाट क्षमताको सामुदायिक रेडियो रेडियो लाङटाङ सञ्चालनमा ल्याउन लागेको हो । फ्रिक्वेन्सी मोडुलेसनको ९०.३ मेगाहर्जमा एफ एम रेडियो प्रशारणका लागि सुचना तथा सञ्चार मन्त्रालयले अनुमति दिएको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष नारायण चन्द्र सुवेदीले जानकारी दिनुभयो ।  लहरेपौवा गाविस वडा नं ८ स्याउवारीमा प्रशारण केन्द्र रहने रेडियो लाङटाङ रसुवा, नुवाकोट, धादिङ लगायतका आसपासका जिल्लाहरुमा सुन्न सकिने छ । रसुवा जिल्लामा पर्यटनको विकास तथा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालले सरोकारवालाहरुको सहकार्यमा आउदो कात्तिक महिना भित्रमा रेडियो सञ्चालनमा ल्याउने वताएको छ । जिल्लामा यस अघि १०० वाट क्षमताको रेडियो रसुवाले सदरमुकाम धुन्चे वाट आफ्नो नियमित प्रशारण गर्दै आईरहेको छ  ।