धादिङको प्रमुख जिल्ला अधिकारीमा वासुदेव घिमिरे
985 पटक पढिएको
काठमाडौं : गृहमन्त्रालयले मन्त्रालय र विभिन्न जिल्लामा कार्यरत ४४ जना अधिकृतहरुको सरुवा तथा पदास्थापना गरेको छ।
यसैक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी दिपक नेपाललाई गृह मन्त्रालयमा उप सचिव पदमा कार्यरत रहने गरी सरुवा गरिएको छ भने गृह मन्त्रालयमा उप सचिव पदमा कार्यरत वासुदेव घिमिरेलाई धादिङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिईएको छ । नेपाल गएको बैशाख १९ गतेको गृह मन्त्रालयको निर्णयपछि खोटाङवाट सरुवा भई धादिङमा आउनु भएको थियो । त्यति वेला गृहले धादिङ लगायत ३२ जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई काजमा खटाएको थियो । १४ जना उप सचिवलाई क्षेत्रीय प्रशासन कार्यालय, गृह मन्त्रालय र विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी वनाएर पठाएको थियो । धादिङमा काजमा खटिईनु भएका नेपाललाई भने नागरिकको जायज कामलाई समेत वेवास्ता गरेको जनगुनासो बढेपछि गृहले मन्त्रालयमा फिर्ता वोलाएको हो ।
सरुवामा पर्नेमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, गृहमन्त्रालय, कारागार विभाग, क्षेत्रीय प्रशासन तथा अध्यागमन विभागका कर्मचारी छन् । सरुवाको विस्तृत विवरण हेर्नुस् ।