अन्तरराष्ट्रिय शान्ति दिवसमा चोकमा मैनबत्ती प्रज्वलन

987 पटक पढिएको

५ आश्विन २०७१, आईतवार २१:१२ सम्पादक: धादिङ न्यूज

SAM_4662धादिङ–शान्ति र विकास हाम्रो अधिकार अन्तरराष्ट्रिय शान्ति दिवसको अवसर पारेर भदौ ५ गते बेलुकी सदरमुकाम धादिङबेसीको पुछारवजार चोकमा मैनबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय शान्ति समिति राष्ट्रिय महासंघका संयोजक एवम धादिङका पुर्व संयोजक नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य खेम लोहनीको प्रमुख आतिथ्यमा भएको दीप प्रज्वलन कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल,सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, प्रहरी निरिक्षक वालकृष्ण पाडेल लगायतको आतिथ्य रहेको थियो ।
अन्तरराष्ट्रिय शान्ति दिवसको अवसरमा आईतवार विहान स्थानीय शान्ति समिति तथा अन्य सरकारी एवम गैर सरकारी निकायको संयोजनमा धादिङबेसी पुछारवजारवाट प्रभातफेरीको आयोजना गर्नुका साथै बिचवजार चोकमा समसायिक बिषयमा अन्तरसंवाद कार्यक्रमको आयोजना समेत गरिएको थियो ।