रेडक्रसको अन्र्तराष्ट्रिय युवा विनियम कार्यक्रममा धादिङकी रसिला जापान जाने

1228 पटक पढिएको

१२ आश्विन २०७१, आईतवार ०५:४० सम्पादक: धादिङ न्यूज

SAM_4931धादिङ–सदरमुकाम धादिङबेसीमा रहेको एडभान्स एकेडेमीले शुक्रवार बिद्यालयको त्रैमासिक परिक्षाको नतिजा प्रकाशन ,पुरस्कार बितरण तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीप्रसाद तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथी बिद्यालयका निर्देशक विष्णुप्रसाद कोईराला रहनु भएको थियो । कार्यक्रममा बिद्यालयले संचालन गरेको त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गर्नुका साथै नर्सरीदेखि कक्षा १० सम्म परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।
कार्यक्रममा बिद्यालयका वालवालिकाको सक्रियतामा प्रकाशित उषाकिरण वाल पत्रिकाको पनि सार्वजनिक गरिएको थियो । यसैगरी सोही कार्यक्रमको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी जुनियर रेडक्रस सर्कल मार्फत देशभरीबाट छनौट भई दुई साताका लागि जापानमा हुने कार्यक्रममा सहभागी हुन गईरहेकी बिद्यालयकी छात्रा रशिला अधिकारीलाई बिद्यालयले सम्मान गरेको थियो ।
जापान रेडक्रस सोसाईटीवाट सन् २०१४ को अक्टोवर २३ देखि नोभेम्बर ४ तारिक सम्म हुने अन्तराष्ट्रिय युवा विनिमय कार्यक्रमको लागि धादिङ रेडक्रस सोसाईटी अन्र्तगत नेपाल जुनियर रेडक्रस सर्कल एडभान्स एकेडेमीकी छात्रा रशिला अधिकारी छनौटमा परेकी हुन ।