‘ तिहारको फुलमाला ‘लिएर ढुंगाना र लामिछाने वजारमा
979 पटक पढिएको

काठमाण्डौं -लोकगित ,लोक सम्पदा हाम्रो देशको सम्पत्ति र चिनारीको रुपमा रहेकोछ , लोकगीतले हाम्रो देशको मौलिकता बोकेकोछ त्यसैलेत लोकसंगीतले मनछुने गरेकोछ , तर पछिलो समएमा गएर लोकगीतमा अलिबढि मात्रमा आफ्नो मौलिकता भन्दा ब्यापारीकरण हुनेगरेको देखिएकोछ , तरकेहि नबकलाकारहरु आफ्नो मौलिकता बोकेका गीतको साथमा अघि बढिरहनु भएकोछ , पछिल्लो समएमा सिन्धुपाल्चोक जिल्लाको तालामरंगर महांकाल – ९ गंगेटारमा जन्मनु भएका नबकलाकार ठाकुर ढुंगाना र रुपनारायण लामिछाने पछिल्लो समय आफ्नो गिति कोसेली “तिहारको फूलमाला ” लिएर बजारमा आएकाछन् ।
आफ्नै देश नेपालमा रहेर पनि सरकारी जागिर त्यसमा पनि नेपाली सेनाको रुपमा देसको सुरक्षाको जिम्मापाएका फौजीहरुले तिहारमा बहिनीको हातको टिका लगाउन नपाउनुको बेथालाई यो गित मार्फत उतार्न खोजिएकोछ ,गीतमा रुपनारायण लामिछाने , सपना थापा र ठाकुर ढुंगानाको सुमधुर आवाज सुन्न पाइन्छ भने राजेन्द्र भण्डारीको लयरहेको यो एल्बमको शब्द ठाकुर ढुंगानाले लेख्नुभएकोछ , म्युजिक बैंक नेपालले एसएल्बमलाई सर्बत्र बजारमा उपलब्ध गराएकोछ।
– प्रस्तुती : सुन्दरादेवी सन्देश साप्ताहिक नुवाकोट