ओशो सिद्धार्थ नेपालमा

789 पटक पढिएको

सम्पादक: Dhading News

माधव अधिकारी
काठमाडौं,१० असोज

ओशो धाराका भगीरथ मानिने ओशो सिद्धार्थ नेपाल यात्रामा आएका छन् । चितवनको सौराहमा सोमबारदेखि शुरु भएको सप्ताहव्यापी अमृत समाधि र दिव्य समाधि ध्यान कार्यक्रम सञ्चालन गर्न उनी निस्केका हुन् ।ओशोधारा गंगोत्रीधामद्वारा आयोजित शिविर शनिबारसम्म चल्नेछ ।६ दिने अमृत समाधि सँगै चल्ने दिव्य समाधि कार्यक्रममा नेपाल र भारतका विभिन्न स्थानका साधक सहभागी छन् ।

osho siddarta3सिद्धार्थको सम्मानमा आइतबार भक्तपुरमा स्वागत कार्यक्रम गरिएको थियो । भक्तपुरको सूर्यविनायक र कौशलटारस्थित ओशोधारा ध्यान केन्द्रले गरेको कार्यक्रममा साधकको उल्लेख्य सहभागिता रहेको थियो ।ओशोधाराको उद्गमस्थलका रुपमा रहेको नेपाल आउन पाउँदा हर्षित रहेको बताउँदै न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरे । शनिबार काठमाडौं आइपुगेका उनी सोही दिन धुलिखेलमा आयोजित सत्सङ्ग कार्यक्रममा सहभागी भएका थिए ।ओशो वाटिका बालुवाटारमा आगामी शनिवार सिद्धार्थले एक वृहत सत्सङ्गलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ओशो सिद्धार्थ, ओशो शैलेन्द्र र ओशो प्रियाले सञ्चालन गरेको ओशोधारको नेतृत्व सिद्धार्थले गर्दै आएका छन् ।ओशोधाराका चारधाममध्ये चितवनस्थित गंगोत्रीधाम पहिलो हो ।