पृथ्वीराजमार्गको फिस्लिङ–मुग्लिन खण्ड सात घण्टा पछि खुल्यो

633 पटक पढिएको

सम्पादक: Dhading News

 दुर्घटनामा  एक जनाको ज्यान जानुका साथै दुई जना घाईते भएको  विरोधमा सडकमा प्रदर्शन गरेर सवारी आवागमनमा अवरोध पुर्याउंदै चितवन फिस्लिङका स्थानीय वासी     तस्बिर सौजन्य-वलराम मरासिनी /लेखा अधिकृत जिविस धादिङ
दुर्घटनामा एक जनाको ज्यान जानुका साथै दुई जना घाईते भएको विरोधमा सडकमा प्रदर्शन गरेर सवारी आवागमनमा अवरोध पुर्याउंदै चितवन फिस्लिङका स्थानीय वासी
तस्बिर सौजन्य-वलराम मरासिनी /लेखा अधिकृत जिविस धादिङ

धादिङ,११ कात्तिक – दुर्घटनाको कारण अबरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको फिस्लिङ–मुग्लिन खण्ड मंगलवार विहान दिउंसो ४ वजेवाट सञ्चालनमा आएको छ । चितवन जिल्लाको दारेचोक गाविसको फिस्लिङमा आज बिहान (मंगलवार) विहान आठ वजे तिर सडक छेउवाट हिडिरहेको वेला कारले ठक्कर दिँदा एकजनाको ज्यान जानुका साथै दुईजना घाइते भएपछि स्थानीयले सडक अबरुद्ध गरेर घटनाको विरोध गरेका थिए । सडकमा अवरोध गरेर वसेका स्थानीयवासीलाई राजमार्ग सुरक्षाका लागि खटिएका शसस्त्र प्रहरी वल र नेपाल प्रहरीले सडकवाट हटाएपछि अवरुद्ध सडक खण्ड संचालनमा आएको हो । अवरुद्ध सडक खुलाउन वल प्रयोग गर्न खोज्दा स्थानीय वासी र प्रहरीका बिच केही बेर मुठभेड समेत भएको थियो ।
दुर्घटनामा परि घाइते भएका स्थानीय सागर गुरुङको उपचारका लागि अस्पताल लैजाने क्रममा तत्कालै ज्यान गएको थियो भने अन्य दुई जना गम्भिर घाईते भएका थिए । बुटवलबाट काठमाडौँ आउँदै गरेको बा१०प ९१४ नम्बरको कारले उनीहरुलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेका सागरका एक वर्षीय छोरा र मनु गुरुङको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटना पछि आक्रोशित हुन पुगेका स्थानीयवासीले दोषि चालक माथि कारवाही, मृतकका परिवारलाई उचित राहतको माग राखी दिनभरी जस्तो प्रदर्शन गर्नुका साथै सडकमा टायर वालेर आवागमनमा अवरोध पुर्याएका थिए । अवरुद्ध सडक खुलाउन पिडित पक्षका प्रतिनिधि र अन्य सरोकारवालाहरुसंग प्रहरीले पटक पटक छलफल गरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । प्रहरीले कार र चालकलाई भने नियन्त्रणमा लिएको छ । सडक अवरुघ हुंदा राजधानीवाट वाहिरिएका र देशका विभिन्न स्थानवाट राजधानी भित्रिंदै गरेका सयौं सवारी साधन घण्टौं सम्म वाटोमै रोकिंदा यात्रुहरुको बिचल्ली भएको थियो ।