साफ महिला फुटबलको उपाधी जित्ने नेपालको सपना चकनापुर

796 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

इस्लामाबाद, मङ्सिर ५ – तेस्रो साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको उपाधि भारतले चुमेको छ । इस्लामावादस्थित जिन्ना रगङ्शालामा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ६–० गोलअन्तरले पाराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । सो उपाधिसँगै भारतले साफ च्याम्पियनसिपको उपाधि माथि ह्याट्रिक पूरा गरेको छ ।

MK-Ktm-Saf-Footbal-2l

प्रतियोगिताको तीन पटक फाइनलमा पुगेको नेपाल तीनै पटक भारतसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो । सन् २०१० मा बङ्गलादेशमा भएको पहिलो साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो साफ च्यााम्पियनसिप पनि नेपाल भारतसँग नै ३–१ गोलअन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेतामा बनेको थियो । भारतको जितमा नगनगोम बाला देवीले चार गोल गरिन् । उनले खेलको ३९, ४१, ५१ र खेलको दोस्रो हाफको इन्जुरी समयमा गोल गरिन् । त्यस्तै भातरकै युमनाम कमलादेवीले खेलको पहिलो हाफको २५औँ मिनेट र प्रमेश्वरी देवीले खेलको ४७औँ मिनेटमा एक एक गोल गरे । नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताको उपविजेतामा सीमित हुनुप¥यो । खेलपछि नेपालका मुख्य प्रशिक्षक कुमार कटुवालले भारत बलियो टोली भएकाले नेपाल पराजित हुन पुगेको बताउनुभयो । उहाँले आफ्ना खेलाडी घाइते भएकाले पनि प्रतियोगितामा सोचेअनुरुपको प्रदर्शन गर्न नसेको बताउँदै आगामी प्रतियोगताका लागि नेपाली महिला खेलाडीमा धेरै सुधार गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाली टोलीका कप्तान अनु लामाले भारत नेपालभन्दा बलियो टोली भएकाले पनि नेपाल पराजित हुन पुगेको बताउनुभयो । अनु खेलको पहिलो हाफको १५औँ मिनेटमा नै मैदान बाहिरिएकी थिइन् । उनको स्थानमा सवित्रा भण्डारी प्रवेश गरेकी थिइन् ।

गत कात्तिक २५ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा नेपालसहित भारत, भुटान, माल्दिभ्स, पाकिस्तान, अफगानिस्तान र बङ्गलादेशको सहभागिता थियो ।