सम्धीलाई उत्तराधिकारी बनाउन खोज्दै प्रधानसेनापति
707 पटक पढिएको
काठमाडौं, मंसिर ६ – मुलुक अठारौं सार्क शिखर सम्मेलनको तयारीमा जुिटरहदा नेपाली सेनाको मुख्यालय भद्रकालीमा भने छुट्टै चटारो छ । सैनिक मुख्यालय भद्रकालीमा कार्यरत एक उपरथी (मेजर जनरल) का अनुसार प्रधान सेनापति गौरब शमशेर जबरा र वलाधिकृत रथी पवनबहादुर पाँडे आफ्ना विस्वास पात्रहरुको कोटरी भित्र सैनिक ऐन संशोधनको चलखेलमा जुटेका छन् । आफ्ना नातेदार समेत रहेका पवनबहादुर पाँडेलाई आफुपछिको प्रधान सेनापति बनाउने प्रयासमा गौरव शमशेर सैनिक ऐन संशोधनको अशोभनिय खेलमा लागेका हुन् । –