ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल हङकङसंग पराजित

533 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

29-20कोलम्बो– श्रीलङ्कामा जारी अन्तर्राष्ट्रिय मान्यता प्राप्त ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमवार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।

कोलम्बोस्थित पिसारा ओभल मैदानमा भएको सो प्रतियोगितामा नेपाल हङकङस“ग दुई विकेटले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँँदै ७२ रनको सामान्य योगफल खडा गरेको थियो ।

नेपालका ब्याट्सम्यान हङकङको बलरसामु निरिए देखिएका थिए । नेपालका ओपनर सुवास खकुरेलले आठ बल खेल्दा २ रनमा समेटिए । त्यस्तै अर्का ओपनर नरेश बुढाऐरले १५ बल खेलेर ५ रनमात्र जोडे ।

नेपाललका सोमपाल कामीबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेका थिएन । ३१ बल खेलेका सोमपालले सर्वाधिक ४० रन जोडे । उनले दुई छक्का र चार चौकाको मद्धतमा ४० रन जोडेका हुन् । नेपाली टोलीका कप्तान पारस खड्का पहिलो बलमा नै बोल्ड आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्ल १५ बलमा ५ रन जोड्दै आउट भए । चार बल खेलेका सागर पुन पनि २ रनमा आउट भए ।

त्यस्तै राजेश पुलामी र विनोद भण्डारीले समान एक÷एक रन जोडे भने बसन्त रेग्मी ३ र शक्ति गौचनले ५ रन जोडेका थिए ।

नेपाललाई ७२ रनमा समेट्ने क्रममा हङकङका तनविर अफजल, इरफान अहमद, अनस खान र नदिम अहमदले समान २–२ विकेट लिएका थिए भने हसिब अमजदले १ विकेट लिए ।

नेपालको ७३ रनको चुनौतीलाई हङकङले २० ओभरमा एक बल बाँकी छदै भेट्टायो । हङकङको शुरुवात भने त्यति राम्रो रहेको थिएन । हङकङले ९ ओभरको समाप्तिसम्म २१ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । त्यसपछि हङकङका ऐजज खान र अनस खानले सम्हाल्दै छैटौं विकेटका लागि २४ रनको साझेदारी गर्दै स्कोरलाई ४५ रनसम्म पु¥याएका थिए ।

पुन अनस खानले नै तनविर अफजलस“ग मिलेर ८ औँ विकेटका लागि २४ रनको साझेदारी गर्दै विजयी इनिङ खेलेका थिए । हङकङका लागि अनस खान र म्यान अफ द म्याच घोषित ऐजज खानले समान २१–२१ रन बनाएका थिए । नेपालका शक्ति गौचन र सागर पुनले समान दुई दुई विकेट लिए भने सोमपाल कामी, अमृत भट्टराई र कप्तान पारस खड्काले समान एक÷एक विकेट लिएका थिए ।

यसअघि श्रीलङ्काको दाम्बुलामा नेपाल र हङकङबीच हुने भनिएको तीनवटा टी–ट्वेन्टी शृङ्खला र एकदिवसीय खेल वर्षातका कारण रद्द भएको थियो । त्यस्तै आइतबार कोलम्बोमा सारिएको एकदिवसीय खेल पनि वर्षातका कारण रद्ध भएको थियो ।