धादिङका पत्रकार द्वारा सभाध्यक्षलाई स्मरण पत्र

902 पटक पढिएको

९ मंसिर २०७१, मंगलवार ०७:०८ सम्पादक: धादिङ न्यूज

fnj gyaapan धादिङबेसी–संविधान निर्माणका लागि दलहरुले गरेको प्रतिबद्धता पुरा गरी समयमै संविधान जारी गर्न दवाव दिने उद्देश्यले नेपाल पत्रकार महासंघ धादिङले प्रमुख जिल्ला अधिकारी मार्फत संविधानसभाको सभाध्यक्ष सुवास चन्द्र नेवाङलाई स्मरण पत्र पठाएको छ ।
नेपाल्ऽ पत्रकार महासंघले सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत अध्यक्ष नेवाङलाई स्मरणपत्र पठाएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको नेतृत्वमा गएको जिल्लाका पत्रकारहरुको टोलीले बुझाएको स्मरण पत्रमा ‘नेपाली जनतासँग गरेको बाचा नतोडौ २०७१ माघ ८ भित्रै संविधान निमार्ण गरौं’ भन्ने बिषमलाई पहिलो प्राथमकिता दिईएको छ । पत्रकारहरुको तर्फवाट स्मरण पत्र बुझनुहुँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारहरुले उठाएको माग अहिलेको सबैको चासो र सरोकारको बिषय भएको वताउनु भएको थियो ।