चीनले फुटबल शिक्षा विस्तार गर्ने

884 पटक पढिएको

१२ मंसिर २०७१, शुक्रबार २१:४८ सम्पादक: धादिङ न्यूज

china footbaalबेइजिङ, १२ मङ्सिर । चीनले सो देशमा फुटवल खेलको स्तरवृद्धि गर्नका लागि फुटबल शिक्षामा बढी भन्दा बढी विस्तार गर्ने नीति लिएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले शुक्रबार दिएको समाचारअनुसार पछिल्लो समयमा विश्वको एक आकर्षक खेलका रुपमा रहेको फुटबल खेलको विकास चीनमा आवश्यक मात्रामा हुन नसकेको भन्दै त्यसको विकासका लागि नयाँ नीति निर्माण गर्न लागेको बताइएको छ ।

अन्य खेलमा चीन विश्वकै निकै राम्रो रहेको भए पनि फुटबलमा भने पछि परेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले फुटबलमा विकास गर्न नसकेको विषय भने विश्वमा चर्चाको विषय हुने गरेको छ ।

फिफाको विश्व फुटबल ¥याङ्किङ्मा चीन ९९ औं स्थानमा रहेको छ । विश्वकप फुटबलमा पनि चीनले कहिले प्रवेश नै पाएको छैन भने पाएकोमा पनि राम्रो खेल्न सकेको छैन ।

आर्थिक, प्राविधिक रुपमा विश्वको चर्चित देश चीनले फुटवलमा गर्न नसकेको प्रगतिको विषयलाई लिएर चिनियाँ अधिकारीहरु पनि चिन्तित रहेको र यसको सुधारका लागि नयाँ नीति अख्तियार गर्ने प्रयत्न गरिएको समाचारमा जनाइएको छ ।

यसका लागि चीनले शिक्षा नीतिमा नै सुधार गर्ने र विद्यालय स्तरमा नै फुटबल शिक्षाको पाठ्यक्रम राख्ने तयारी गरिरहेको बताइएको छ । एएफपी