कलाकार कल्याणकारी कोषका लागि चलचित्र “प्रवास” को च्यारिटी शो गरिंदै

905 पटक पढिएको

१३ मंसिर २०७१, शनिबार २०:०४ सम्पादक: धादिङ न्यूज

काठमाडाैं । कलाकार कल्याणकारी कोष निर्माण तथा बृद्धिको लागि नेपाली चलचित्र “प्रवास” को च्यारिटी शो हुने भएको छ ।

देशका विभिन्न जिल्ला, अन्चल तथा समन्वय समितिको संयोजनमा शो आयोजना गर्न चाहनेका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सुचना जारी गरेको हो ।

च्यारिटी शो गर्ने चलचित्र “प्रवास” लाई वरिष्ठ लोक तथा दोहोरी गायक समेत रहेका निर्देशक नारायण रायमाझिले निर्देशन गरेका हुन् ।

यसअघि उनले निर्देशन गरेको “गोर्खापल्टन” चलचित्र व्यापारको हिसावले सफल चलचित्र मानिएको थियो ।प्रतिष्ठानका सल्लाहकार,बरिष्ठ चलचित्र निर्देशक ,संगितकार तथा बरिष्ठ लोकगायक नारायण रायमाझीले निर्देशनमा बनेको चलचित्र प्रवासको प्रतिष्ठानका अंचल तथा जिल्ला समितिहरुले च्यारिटी शो गर्न लागेका हुन ।
च्यारिटी शो प्रतिष्ठानको पहलमा हुने र वागमती अंचल समन्वय समितिले छिट्टै अंचल भित्रका सवै जिल्ला समितिहरुमा शो गर्नका लागि समन्वय गरिरहेको प्रतिष्ठानका वागमती अंचल अध्यक्ष किरण अधिकारीले जानकारी दिनुभयो । च्यारिटी शो वाट संकलन भएको रकम कलाकार कल्याणकारी कोष निर्माण तथा कोष बृद्धिका लागि प्रयोग हुने पनि अध्यक्ष अधिकारीले वताउनु भयो ।

suchanaa lok dohori