विमला नगद सहित सम्मानीत

525 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_5264
दक्षिण कोरियामा सम्पन्न भएको १७ आँै एशियाली प्रतियोगितामा कास्य पदक विजेता विमला तामाङलाई शनिवार धादिङबेसीमा सम्मान गरिएको छ । नेपाल तामाङ घेदुङ धादिङले नगद ३५ हजार ५ सय सहित प्रशंसा पत्रले सम्मान गरेको हो । घेदुङ धादिङका अध्यक्ष अक्कल बहादुर तामाङको अध्यक्षमा भएको सम्मान कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष कुमार योञ्जनको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी प्रशिक्षक ध्रुव विक्रम मल्ललाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । यसैगरी शनिवार नै नेपाल तामाङ युवा घेदुङ जिल्ला कार्य समिति धादिङको प्रथम जिल्ला सम्मेलन आज धादिङवेशीमा सम्पन्न भएको छ । नेपाल तामाङ युवा घेदुङ जिल्ला कार्यसमिति धादिङका अध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांङग्रेस धादिङ क्षेत्र नम्बर १ का सभाषद दिलमान पाख्रीनको प्रमुख आतिथ्य रहेको थियो । पुन धनबहादुर तामाङकै अध्यक्षतामा १७ सदस्य नेपाल तामाङ यूवा घेदुङ जिल्ला कार्य समिति धादिङको चयन गरेको छ । समितिको उपाध्यक्षमा जयविर तामाङ, सचिवमा सरिता तामाङ, कोषाध्यक्ष कुमारी मम्बा, सहसचिवमा सुरज तामाङ चयन हुनुभएका नेपाल तामाङ युवा घेदुङ जिल्ला कार्य समितिले जनाएको छ ।