मध्यमाञ्चल क्षेत्रिय महोत्सवको निमन्त्रणा गर्न रिङटोन बन्यो
980 पटक पढिएको


घरेलु उद्योग, कृषि जलस्रोत, पर्यटन प्रवद्र्धन–आर्थिक समृद्धि समृद्धि हाम्रो अभियान भन्ने नारा लाई महोत्सवको लागि निमन्त्रणा दिने रिङटोनको रुपमा प्रयोगमा ल्याईएको हो । आगामी पुस ७ गते देखि १७ गते सम्म धादिङबेसी खुल्लामञ्चमा हुन गईरहेको मध्यमाञ्चल क्षेत्रीय महोत्सवको रिङ ब्याकटोन मोबाईलमा राख्नका लागि नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरुले मोबाईलको म्यासेज बक्समा गई DEF टाईप गरी एक स्पेस छाडेर ०१३००४७६६३ टाईप गरी ४४५५ मा म्याजेज गर्न आयोजकले सबैलाई आग्रह गरेको छ ।
सिआरबिटी सुचारु गर्नका लागि REG टाईप गरी १४५५ मा एसएमएस गर्न सकिनेछ ।