सानिमा बैंकद्वारा ५ लाखको पत्रकारिता पुरस्कार

415 पटक पढिएको

सम्पादक: Dhading News

गैर आवासीय नेपालीद्वारा प्रवर्द्धित सानिमा बैंकले दसौं बार्षिकोत्सवको उपलक्ष्यमा ५ लाख रुपैयाँ राशिको ‘सानिमा राष्ट्रिय पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । यस पुरस्कार पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने एकजना व्यक्तिलाई वा संयुक्त रुपमा प्रदान गरिने बताइएको छ ।

 बैंकको कार्त्तिक मसान्तसम्म निक्षेप  २६.९३ अर्व संकलन गरी २३.३८ अर्व  कर्जा लगानी गरेको छ । बैंकका ३७ वटा शाखा छन् । निष्क्रिय कर्जा बैंकिङ्ग क्षेत्रमै सबैभन्दा न्युन राख्न सफल रहेको बताउदै विज्ञप्तिमा सानिमा बैंक अन्य बित्तिय सुचकांक तथा स्ांस्थागत सुशासनमा पनि उत्कृष्ट बैंकहरुको सूचिमा रहेको बताइएको छ ।