उद्यमशीलता विकास सम्बन्धी दुई दिने तालिम सकियो

1018 पटक पढिएको

२५ मंसिर २०७१, बिहीबार ०६:५९ सम्पादक: धादिङ न्यूज

DSC09721धादिङबेसी-सोमबारदेखी धादिङबेसीमा सन्चालन भएको उद्यमशीलता सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । जैविक उर्जाको उत्पादन तर्फ स्थानीय स्तरमा रोजगारी अभिबृद्धि गर्ने र ब्यबसाय गर्ने उद्यमीहरुलाई चारकोल सम्बन्धी जानकारी गराउने मुख्य उद्धेश्यका साथ तालिमको आयोजना गरिएको हो । तालिममा सहभागिरुलाई बन जङगलमा उम्रेका वनमारा, झाडी, र बुटयानहरुको प्रयोग गरी चारकोल निर्माण कसरी गर्ने, सामुदायिक वनहरुमा उम्रेका जति पनि काम नलाग्ने विरुवाहरुहरु प्रशोधन गरी नयाँ बस्तुको रुपमा परिमार्जन कसरी गर्न सकिन्छ, बन जङगल भनेको के हो ?, बजारीकरणको भूमिका, चारकोलको महत्व, ब्यापार गर्ने तरिका यसबाट समुदायका मानिसहरुमा पर्न जाने सेवा सुविधाहरु लगायत को विषयमा सामुदायिक वन उपभोक्ता महासंघ धादिङका महासचिव शुसिला पाठक, संस्थाका प्रोपाइटर उमा शंकर महत्व र जिल्ला बन कार्यालय धादिङका प्रमुखलेसामुदायिक तथा निजि वन जंगलहरुमा खेरा जाने वायुमासहरुको प्रयोग गरी झाडी व्यवस्थापन गर्दै धादिङ जिल्लाका केही गाविसका युवाहरुलाई रोजगारीको सिर्जना गर्न चारकोलको उत्पादन गरि सकेकोे छ ।