गोरखाको ताङिचोक गाविसमा सुन्तला उत्पादन घट्यो

1004 पटक पढिएको

२९ मंसिर २०७१, सोमबार ०७:२५ सम्पादक: धादिङ न्यूज

गोरखाको ताङिलचोक गाविसमा यस बर्ष सुन्तला उत्पादन ६० प्रतिशतले घटेको छ । गत बर्ष ६० लाख रुपैँयाको सुन्तला उत्पादन गरेको सुन्त्ला उत्पादक कृषि सहकारी संस्थाले यसबर्ष भने २० देखि २५ लाखको हाराहारीमा मात्र सुन्तला उत्पादन हुने अनुमान गरिएको सहकारीका अध्यक्ष सुन्तला खेती गर्दै आउनु भएका डीलबहादुर थापाले बताउनुभयो । खडेरीका कारण पानीको आभाव भई विभिन्न रोगहरु लागेर सुन्तलाको बोट मर्नुका साथै दाना सानो हुने समस्याले उत्पादन घटेको अध्यक्ष थापाको भनाइछ । सहकारीमा १ सय ३५ जना सुन्तला उत्पादक किसान आवद्ध छन् । यस बर्ष गोरखा जिल्ला भरीमा नै सुन्तला उत्पादन २० प्रतिशतले घटेको जिल्ला कृषि विकास कार्यालय गोरखाले जनाएको छ । यद्यपी कृषकले सुन्तला बिक्री गरि नसकेकाले विवरण लिने काम भईरहेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक प्रमुख रमेशचन्द्र सुवेदीले जानकारी दिनुभयो ।