अपाङगमैत्री शौचालय नभएसम्म धादिङ खुल्ला दिशामुक्त घोषणा असम्भव

576 पटक पढिएको

सम्पादक: Dhading News

CIMG2174धादिङ-ग्रामीण तथा शहरी क्षेत्रहरुमा अपाङगता मैत्री शौचालय नभए सम्म धादिङ जिल्लालाई खुल्ला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गर्न नहुने सरोकारवालाहरुले वताएका छन । फेल्म नेपालले सोमवार धादिङबेसीमा आयोजना गरेको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकका सहभागिहरुले यस्तो बताएका हुन् । धादिङ जिल्लाको अधिकांश सरकारी तथा नीजि घरहरुमा शौचालय निमार्ण गर्दा अपाङगता मैत्री बनाउनु पर्नेमा पनि उनिहरुले जोड दिएका छन् । यसै गरी राजनीतिक दलहरुको हस्तक्षेपका कारणले गाउ परिषदको काम सम्पन्न गर्न निकै असर पुगेको पनि सरोकारवालाहरुको गुनासो छ । गाउँ परिषद तथा वडा भेलामा राजनीतिक दलहरुको आडमा काम गर्नु पर्ने भएकाले यस्तो कामको अन्त्य गर्न सके मात्र गाउँ तथा नगरको विकास प्रभावित हुने उनिहरुको भनाई थियो ।
बैठकमा परिलक्षित, शान्ति नेपाल, साहस नेपाल धादिङले अहिले सम्म गरेका कार्यहरु, संस्थाको आर्थिक गतिविधिहरु, भावी कार्य योजनाहरु लगायत विविध विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । तीन वटै संस्थाहरुले धादिङ जिल्लाको विभिन्न गाविसका विद्यालयहरु, बालबालिका र एच आई भी एड्स सम्बन्धी कामहरु गर्दै आई रहेको छ । साथै परिलक्षित संस्थाले नेपालको ९ वटा जिल्लामाहरुमा काम गर्दै आईरहेको छ । परिलक्षित र फेल्म संस्थाको सयुंक्त सहयोगमा धादिङ जिल्लाको साविकको मुरलीभन्याङ गाविसका साथै जिल्लाको विभिन्न गाविवसहरुमा बाख्रापालन, विद्यालयहरुमा छात्रबृत्ति तथा विद्यालय मर्मत कार्यहरुमा सहयोग गर्दै आई रहेको कार्यक्रममा वताईएको थियो । यसै गरी साहस नेपाल धादिङले पनि दिगो विकासका लागि संस्थागत विकासका अवधारण, खाद्य सुरक्षा, आय आर्जन क्रियाकलापहरु, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आई रहेको छ । साहस नेपालले धादिङको फुलखर्क, बुढाथुम, मुलपानी, र सल्यानटार गाविसमा कृषि, भौतिक तथा योजना, स्वास्थ्य क्षेत्रमा काम गर्दै आई रहेको कार्यक्रममा जानकारी गराईएको थियो । फेल्म नेपालले सन् १९७७ साल देखि बालबालिकाहरु, एच आई भी एड्स लागेका बालबालिकाहरु विशेष सहयोग गर्दै आई रहेको छ । अन्य जिल्लाहरुको तुलनामा यस जिल्लामा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिई अगाडि बढी रहेको संस्थाले जानकारी दिएको छ । जिल्ला विकास समिति धादिङका योजना तथा प्रशासकीय अधिकृत युवराज अर्यालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय धादिङका पशु अधिकृत देबेन्द्र भगत, जिल्ला शिक्षा अधिकारी गणेश ढकाल, जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि प्रचार अधिकृत दुर्गा दत्त पन्थी, परिलक्षित का टेकराज पन्थी, जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्याल, नेपाली काङग्रेस धादिङका जिल्ला सचिव भक्त लामा, नेकपा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठी, बैठकमा परिलक्षित धादिङका टेकराज पन्थी लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।