एक महिने छोरा बेचेर आमा बेपत्ता

750 पटक पढिएको

सम्पादक: Dhading News

childधादिङ, – वैदेशिक रोजगारबाटै गर्भ लिएर फर्केकी सिर्जना तामाङ अन्ततः एकमहिने छोरा बेचेर बेपत्ता भएकी छन् । श्रीमान् र छोरालाई काठमाडौं डेरामा छाडेर २ वर्षअघि आफन्तसँग मलेसिया पुगेकी झार्लाङ ३ की सिर्जना तामाङलाई रोजगारकै क्रममा गर्भवती फेला पारेपछि रोजगारदाताले गत भदौमा नेपाल फर्काएको थियो । गर्भवती बनाउने आफन्तले बालकलाई स्वीकार नगरेपछि जिल्ला प्रहरी धादिङ पुगेकी सिर्जनालाई प्रहरीले महिला तथा बालबालिका कार्यालयमा जिम्मा लगाई तत्काल अस्पताल भर्ना गरिएको थियो । गत असोज १४ गते उनले छोरा जन्माएकी थिइन् ।

सुत्केरी भएलगत्तै श्रीमान्ले पनि स्वीकार नगरेको र मलेसियामा गर्भवती तुल्याउने हाडनाताभित्रकै आफन्तजनले पनि स्विकार्न नसकेपछि शिशु बेच्न बाध्य भएको खुलासा भएको छ । ‘हाम्रो अनुसन्धानमा सिर्जनाले बाध्य भएर बुटवलबाट आएका निसन्तान दम्पतीलाई जिम्मा लगाएर आफू बेपत्ता भएको’ महिला तथा बालबालिका कार्यालयका बालअधिकार अधिकृतले बताए । निसन्तान दम्पती धादिङबेंसी पुगेर बीच बजारस्थित धादिङ खाजाघर एवं गेस्टहाउसमा २ पटक बास बसेको र आफ्नो नाम ठेगानामा महन्त वाग्ले, बुटवल मात्र लेखाएका छन् ।

-इ कान्तिपुर डट कमवाट