अन्तराष्ट्रिय आप्रवासन दिवस धादिङमा मनाईदै

952 पटक पढिएको

सम्पादक: Dhading News

aaprabaasanधादिङ -अन्तराष्ट्रिय आप्रवासन दिवस बिहिबार धादिङ सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ । आज सरकारी तथा गैर सरकारी संस्थाहरुले आप्रवासनलाई सुरक्षित बनाउने उद्देश्यसहित ¥याली,अन्र्तक्रिया तथा विभिन्न चेतनामुलक कार्यक्रम गर्दै छन् । यसैगरी दिवसको अवसरका बुधबार धादिङबेसीमा माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला सम्पन्न भएको छ । आवाज अभियान नेपालको आयोजनामा नीलकण्ठ स्रोत केन्द्रको हलमा सम्पन्न भएको बक्तृत्वकला प्रतियोगितामा १७ वटा विद्यालयको सहभागिता रहेको थियो । आवाज अभियान नेपालका अध्यक्ष केशव प्रसाद दुवाडीको अध्यक्षता र संविधान सभाका सदस्य एंव धादिङ निर्वाचन क्षेत्र नम्बर २ सभाषद गुरु प्रसाद बुर्लाकोटीको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो । सुरक्षित आप्रवासनमा युवाहरुको भुमिका विषयमा आयोजना गरीएको प्रतियोगितामा सुनगाभा एकेडेमी धादिङबेसीका नविना मिया प्रथम हुनुभएको छ । धादिङ बोडिङ उमाविका करिश्मा भण्डारी द्धितिय, निलकण्ठ उमाविका निलकण्ठ बरुवाल तृतीय र पशुपति माध्यमिक विद्यालयका सृजना थापा सान्त्वना हुनुभएको छ । प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई सभाषद गुरु प्रसाद बुर्लाकोटीले क्रमश ४ हजार, २ हजार, १ हजार र ५ रुपैँया नगदबाट कार्यक्रमका पमुख अतिथी गुरु प्रसाद बुर्लाकोटीले पुरस्कृत गर्नुभएको थियो ।