सेर्तुङमा आलु भकारी कार्यक्रम सूरु
966 पटक पढिएको

सेर्तुङ-धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सेर्तुङ गाविसमा आलु भकारी सुधार कार्यक्रम सन्चालन भईरहेको छ । आलुलाई कुहिनबाट जोगाउन र व्यावस्थापन गर्नको लागि कृषकहरुलाई जानकारी दिनेउद्देश्यले घर घरमा गएर जानकारी दिने गरिएको छ । नोर्ला र आपेरोनको सहयोगमा फोकस नेपाल धादिङद्धारा सञ्चालित कृषि मुल्य प्रवद्र्धन द्धारा हिमालयन सामुदायिक विकास परियोजना ए.भि.सि.डी कार्यक्रम अन्तर्गत सेर्तुङमा आलु भकारी सुधार कार्यक्रम सञ्चालन भईरहेको छ । आलु विक्रिका लागि बजारसम्म पु¥याऊने धेरै समय लाग्ने हुँदा आलु कुहिनबाट जोगाऊने उद्येश्यले भकारी सुधार कार्यक्रम सञ्चालन गरिएको हो ।